मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ज्ञानोदय पुस्तकालयको अध्यक्षमा पत्रकार चेतकान्त भट्टराई निर्वाचित
  • मार्गरेखा संवाददाता

  • कोहलपुर, भदौ ३
    बाँकेको कोहलपुर रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको अध्यक्षमा चेतकान्त भट्टराई निविरोध निर्वाचित भएका छन् । ३ वर्षिय नयाँ कार्यकालका लागि आईतबार सम्पन्न भएको निर्वाचनबाट उपाध्यक्षमा लाल बहादुर रानाले ३ सय ५५ मत ल्याएर विजय भएका छन् । उपाध्यक्ष पदका अर्का उम्मेद्वार बद्री ढकालले १७ मत ल्याएका थिए । सचिवमा सुशिल सापकोटा, सहसचिव निर्मल आचार्य र कोषध्यक्षमा रजनी शर्मा निविरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा ठाकुर प्रसाद भुषाल ३ सय ३६, माधव शर्माले ३ सय २०, पुष्पानन्द गिरीले २ सय ९९ मत ल्याएर सदस्यमा विजय भएका छन् भने महिला सदस्यमा शर्मिला मल्ल र गिता प्याकुरेल निविरोध निर्वाचित भएकी थिईन् । ज्ञानोदय सामुदायिक पुस्तकालयको अध्यक्षमा चेतकान्त भट्टराई, सचिव सुशिल सापकोटा, सहसचिव निर्मल आचार्य, कोषाध्यक्ष रजनी शर्मा, महिला सदस्य शर्मिला मल्ल र गिता प्याकुरेल निर्वारोध निर्वाचित भएकी थिईन् । साथै उपध्याक्ष, र तीन सदस्यका लागि आईबार निर्वाचन सम्पन्न भएको हो । कुल ४ सय १३ मत खसेकोमा २० मत बदर भएको थियो । ज्ञानोदय सामुदायि पुस्तकालयको निर्वाचनका विषयमा केहि कुरा बाहिर आएपनि विधि र प्रक्रिया पुरा गरेरै निर्वाचन सम्पन्न गरिएको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष लिल बहादुर रानाले बताएका छन् ।

  • ३ भाद्र २०७५, आईतवार २०:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित