मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल पत्रकार महासंघ बाँके स्वेछाचारी ढंगले प्रेस युनियन विरुद्ध संगठित रुपमा लागेको ठहर गरेको छ
  • मार्गरेखा संवाददाता

  • नेपाल प्रेस युनियन बाँकेको आज बसेको कार्यसमिति, सल्लाहकार, उपलब्ध केन्द्रिय पार्षद र साधारण सदस्यहरुको बृहद बैठकले नेपाल पत्रकार महासंघ बाँके स्वेछाचारी ढंगले प्रेस युनियन विरुद्ध संगठित रुपमा लागेको ठहर गरेको छ । युनियन बाँकेका अध्यक्ष जयनारायण शाहको अध्यक्षता र युनियनका केन्द्रिय उपमहासचिव प्रेम केसीको विशेष उपस्थितिमा वसेको बैठकले महासंघ बाँकेको वर्तमान नेतृत्वले यस्तै गतिविधि जारी राखेमा वहिस्कार गर्नेदेखि महासंघबाटै अलग हुनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिने पनि निर्णय गरेको छ ।
    युनियन बाँकेका कार्यसमिति सदस्य समेत रहेका महासंघका साधारण सदस्य विजय मल्ललाई सफाइको मौका समेत नदिई विना कारण निलम्वनको सिफारिस गरेको वक्तव्य जारी गरेको प्रति बैठकले गम्भिर आपत्ती जनाउदै उक्त कार्यको निन्दा र भत्र्सना गरेको छ । तथाकथित छानविन समितिको हवाला दिंदै महासंघ द्धारा जारी विज्ञप्ति प्रति युनियनको वृहद बैठकले गम्भिर सरोकार जनाउँदै उक्त निर्णय तत्काल सच्चाउन महासंघको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । सामाजिक संजालमा कुनै स्ट्याटसमा कमेन्ट गरेको वहानामा मल्ललाई कार्वाही गरेको वताउने महासंघका अध्यक्षले अर्का सदस्य प्रियास्मृति ढकाललाई समेत धम्कीपूर्ण भाषा प्रयोग गरेको प्रति समेत वैठकले ध्यानाकर्षण गरेको छ ।
    बैठकले १ वर्ष यताका महासंघका प्रत्येक सदस्यका फेसवुक स्ट्याटस को अध्ययन गर्ने तटस्त समिति वनाउन महासंघ बाँकेलाई चुनौति दिएको छ । साथै अरुमाथि प्रश्न उठाउनु अघि महासंघ बाँकेका पदाधिकारीले आफ्नो अनुहार दोहो¥याएर ऐनामा हेर्न आग्रह समेत गरेको छ । महासंघ बाँकेको नेतृत्व लाई हेरेर आम मानिसले बाँकेका पत्रकारहरुको ईमेज वनाउने भएकाले जिम्मेवार र मर्यादित हुन पनि सम्वन्धितलाई ध्यानाकर्षण गराउने निर्णय गर्दै बैठकले महासंघ बाँकेका अध्यक्ष सहित पदाधिकारीका गतिविधी नै पटक–पटक विबादमा परेको तर्फ पनि ध्यानाकर्षण गराएको छ ।
    निर्वाचित भईसकेपछि सवै पत्रकारहरुको साझा नेतृत्वको भुमिका निर्वाह गर्नुपर्नेमा वहुमतको दम्भ देखाउदै प्रेस युनियनका सदस्यहरुप्रति पुर्वाग्रही देखिएको महासंघको बाँके नेतृत्वले छानी छानी युनियन सर्मथक पत्रकारहरु सूर्यलाल यादव, भीम पौडेल,उमा थापा,र विजय मल्ललाई कार्वाही सिफारीस गरेको प्रति आपत्ति जनाउँदै तत्काल उक्त निर्णय सच्चाउन ध्यानाकर्षण गरेको छ । जनप्रतिनिधि निर्वाचित भएको भन्दै उमा थापालाई ‘विदाई’ गरेको बताउने महासंघले कोहलपुर नगरपालिका कार्यपालिका सदस्य भीमबहादुर नेपालीको सदस्यता कायमै राखको छ ।
    यसैगरी बैठकले महासंघ नेतृत्वले स्थानिय तह र विभिन्न संघ संस्थाका कार्यक्रमहरुमा ‘सिन्डिकेट’ लगाएकोप्रति पनि आपत्ती जनाएको छ । साथै ती कार्यक्रममा आफ्ना आसेपासेलाई पोस्ने र युनियन समर्थक र प्रोफेसनल पत्रकारलाई समेत नवोलाईने गरेको प्रति आपत्ती जनाएको छ । महासंघ विधान अनुसार बैधानिक सल्लाहकारहरुलाई लत्याएर अमुक व्यक्तिको इशारामा महासंघ चलाएकोमा समेत बैठकको ध्यानाकर्षण भएको छ । विधानत ः निर्वाचनमा अध्यक्ष पदका निकटतम प्रत्यासी,निवर्तमान अध्यक्ष र त्यस अघिका पूर्व अध्यक्ष विधानत ः सल्लाहकार हुने व्यवस्था छ । जसअनुसार सल्लाहकार रहेका नरेन्द्र थापा , शुक्रऋषी चौलागाई र रुद्र सुवेदीलाई अति महत्वपूर्ण निर्णय हँुदा समेत बैठकमा सहभागी नगराइनु दुर्भाग्यपूर्ण भएको ठहर छ ।
    पूर्वाग्रही ढंगले होइन, तटस्थ रुपमा सदस्यता सुद्धिकरणको अभियान महासंघ बाँकेमा चलाउनु पर्ने निषकर्ष बैठकले निकालेको छ । महासंघ बाँके अग्रजहरुको त्याग,निष्ठा समपर्णले आजको स्थानमा आइपूगेको हो । यसमा सबै पत्रकारको पशीना वगेको छ । बाँकेका पत्रकारहरुको आस्था र भरोशा को यो छाता संस्थालाई कुनै अमुग व्यक्ति,संगठन वा पार्टीको लाचार छाँया वनाउन नदिन युनियन बाँके जस्तोसुकै मुल्य चुकाउन तयार रहने निष्कर्ष पनि बैठकले निकालेको छ ।

  • ५ भाद्र २०७५, मंगलवार २१:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित