मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गुटबन्दी समाप्त गर्ने आफुले जस्तो सुकै बलिदान दिन तयार रहेको नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, भदौ ६ । नेपाली कांग्रेसका महामन्त्री डा। सशांक कोइरालाले पार्टी एक ढिक्का हुन नसकेको स्विकार्दै अब पनि मिलेर अघि नबढे लोकतन्त्र नै खतरामा पर्ने जिकिर गर्नुभयो । ‘नेपाली कांग्रेसको काँधमा ठूलो जिम्मेवारी छ, अब पनि हामी तेरो र मेरो भनेर अघि बढ्यौं, एक ढिक्का भएनौं भने‘नेपाली कांग्रेस र मुलुक नै धराशायी हुने भएको गुटबन्दी समाप्त गर्ने आफुले जस्तो सुकै बलिदान दिन तयार रहेको बताउताए । नेपाल प्रेस युनियन बाँकेले बुधबार ै नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री डा। कोइरालाले कुनै ठोस खाका, योजना र भिजनविना सरकार अघि बढेको आरोप लगाउदै ‘यो सरकारमा रहेका पार्टीहरुलाई भोट दिने भोटर पनि सरकारको कार्यशैली र गैर जिम्मेवारपन देखेर आजित भइसके,’ उहाँले भन्नुभयो । ‘ठल्ठूला सपना मात्र बाँड्ने काम भयो, जनताका पिर मर्कामा सरकार जति गम्भीर बन्नुपथ्र्यो, त्यो पटक्कै भएन ।

    महामन्त्री डा।कोइरालाले,’ कोइरालाले भन्नुभयो । ‘लोकतन्त्र, राजनीतिक स्थिरता र समृद्धिका लागि कांग्रेस बलियो बन्नुको विकल्प नरहेको उहाँको भनाई छ । धर्म निरपेक्षताका विषयमा गरिएको प्रश्नमा उहाँले जनमत संग्रहबाट समस्या समाधान गर्नु पर्ने बताउदै जनमत संग्रहमा राजनैतिक नगरि जनतालाई नै नियर्ण गर्नु दिनु पर्ने बताए । महामन्त्री कोइरालाले दुई तिहाई को सरकार गठन सगै मुलुकमा व्याप्त मंहगी आकाशेको बेला जथाभाबि कर लागाएर जनतालाई दुख दिएको बताउदै लोकतन्त्रको स्तम्भका रुपमा रहेको प्रेसमाथी अकुश लगाउने तयारी गरिहेको बर्तमान सरकारले सपना पुरा हुन नदिने बताउदै प्रेसले निश्पक्ष,भयरहित सत्य तथ्य समाचार जनता बिच ल्याउने काम गर्नु पर्ने बताए ।
    नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष जय नारायण शाहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रमुख सचेतक बालकृष्ण खाँड, बर्दियाका संघीय सांसद् सञ्जय गौतम, प्रदेश ५ का सांसद सुरेन्द्र हमाल, नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसी, नेपाल प्रेस युनियनका उपमहासचिव प्रेम केसी समेतको उपस्थिति थियो ।

     

  • ६ भाद्र २०७५, बुधबार १२:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित