मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

११ वर्षिय बालकद्धारा जिवन रक्षाको अपिल
  • मार्गरेखा संवाददाता


  • तुलसीपुर ७ भाद्र ।।
    तुलसीपुर ७ मोतिपुर निवासी ११ वर्षिय बालक शसि अधिकारिले आफनो जिवन वचाई दिन आग्रह गरेका छन । आफना दुवै मृगौलाले काम नगरेको तथा रगतमा समेत पानिको मात्र देखिएकाले उपचारका लागी सहयोग गरिन दिनु उहाँले सवैमा आग्रह गर्नु भयो ।
    आज रिपोर्टस क्लव नेपाल दाङमा पत्रकार सम्मेलनको आयोजना गरि उपचारका लागी आवश्यक रकम आफुनो परिवार संग नभएको भन्दै सवैले सानो सानो सहयोग गरे आफनो जिवन रक्षा हुने बताए । त्यस्ते पत्रकार सम्मेलनमा बोल्दे बालक अधिकारिकि फुपु खिमा भण्डारिले समेत उपचारका लागी रकम अभाव भएकाले पत्रकारहरु माझ आएको भन्दै केहि गरि आफनो भदैको जिवन रक्षा गरि दिन उहाँले सवैमा आग्रह गनुृ भयो ।
    क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वोल्दै रेग्मीले तुलसीपुरका पत्रकारहरुको समन्वयमा तुलसीबाल अस्पतालका डाक्टर किशोर खत्रि संग बालकका बारेमा परामर्श गरि उपचारका लागि सहयोग संकलनमा सहयोग गर्ने बताउनु भयो ।
    यसैविच दाङका पत्रकार देविराम कुसारी र अमेरीका निवासी उहाका भाइ टिकाबहादुर कुसारीले विरामी डम्वर वस्नेत र शशी अधिकारीलाई आर्थिक सहयोग गर्नु भएको छ । रिपोर्टस क्लव प्रदेश नम्वर पाचको कार्यालयमा पत्रकार सम्मेलन गरी पत्रकार कुसारीले मलेसियामा उपचार गराई रहेका तुलसिपुर १३ का डम्वर वस्नेत र तुलसीपुर ७ निवासी ११ वर्षिय वालक शशी अधिकारीको उपचारका लागि रकम हस्तान्तरण गर्नुभएको हो ।
    रिपोर्टस क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षता तथा पत्रकार कुसारीको प्रमुख आथित्यमा भएको कार्यक्रममा कुसारीका दुई भाईले डम्वर वस्नेतका लागि ११ हजार १ सय ११ रुपैयाँ नगद आर्थिक संकलन समितिका संयोजक अनिल कार्कीलाई प्रदान गर्नुभएको थियो ।
    त्यसैगरी पत्रकार कुसारीले तुलसीपुर ७ मोतिपुरका वालक शशी अधिकारीलाई एक हजार पाच रुपैया आर्थिक सहयोग गर्नु भएको थियो । सोही कार्यक्रममा डम्वर बहादुर वस्नेतकै लागि तुलसीपुर १३ का वडा सदस्य विनोद पाण्डेले एक हजार प्रदान गर्नुभएको थियो ।
    यस्तै तुलसीपुर ७ मोतिपुर निवासी ११ वर्षिय शशी अधिकारिको उपचारका खर्चका लागि रेडियो सञ्जिवनिका सहायक स्टेसन म्यानेजर चेतन रेग्मी, चलचित्र पत्रकार संघ दाङका अध्यक्ष ध्रुवराज न्यौपाने(डि आर एन) नेवि संघका नेता त्रय अनिल कार्की, घनश्याम भण्डारी, किरण केसीले जनहि पाच सयका दरले र एस टि एन च्यानलका विजय गिरिले पाच सय पचास आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।

  • ७ भाद्र २०७५, बिहीबार १९:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित