नेपालगन्ज उच्च अदलात बार एशोसिएसनमा चुनाबी सरगर्मी बढ्दै गएको छ। यही १६ गते हुने निर्बाचनका लागि कानुन ब्यबसायीहरु दुई वटा समूह बनाएर चुनाबी मैदानमा उत्रिएका छन्।प्रजातान्त्रिक कानुन ब्यबसायी समुह र स्वतन्त्र समाबेशी कानुन ब्यबसायी समुहको संयुक्त प्यानलले पत्रकार सम्मलेन गरी आफ्ना उम्मेदवार सार्बजनिक गर्नुका साथै एजेण्डाबारे जानकारी गराएको छ। बृहत् लोकतन्त्रबादी सामाबेशी कानुन
ब्यबसायी समुह चुनाब प्रचारप्रसार मुल समितिका संयोजक भोला सिंह हमालले उच्च अदालत बारलाई अझ सशक्त बनाउन लोकतन्त्रबादी कानुन
ब्यबसायीहरु एकै थलोमा उभिएर चुनाबी मैदानमा उत्रिएको बताउनु भयो।
अध्यक्षका उम्मेदवार शिब कुमार श्रेष्ठले बार र बेन्चबिचको सम्बन्धलाई सुदृढ़ बनाउँदै कानुन ब्यबसायीहरुको हक हित संरक्षण गर्नु आफूहरुको मुख्य एजेण्डा भएको बताउनुभयो। न्यायपालिकामाथि भईरहेका प्रहारहरु बिरुद्द आफूहरु ससक्त ढङ्गले उभिने श्रेष्ठले प्रस्ट पार्नुभयो।स्वतन्त्र सामाबेशी कानुन ब्यबसायी समुहका अध्यक्ष केशब राज पन्तले प्रजातान्त्रिक मूल्य मान्यतामा प्रहार भईरहेको अवस्थामा त्यस बिरुद्द ससक्त ढङ्गले उभिन आफुहरु एकै थलोमा आएको बताउनुभयो। लोकतन्त्रबादी समुहबाट अध्यक्षमा श्रेष्ठ,उपाध्यक्षमा राम गोपाल कुर्मी,सचिबमा चित्र बहादुर शाही र कोषाध्यक्षमा सुदीप कुमार भट्टराई उम्मेदवार रहनुभएको छ। त्यस्तै महिला सदस्यमा देबीमाया खत्री,सदस्यहरुमा सतीश कुमार अधिकारी,बसन्त कुमार श्रेष्ठ, सुर्ज लाल थारु,राकेश सोनी,पूर्ण प्रसाद ढकाल, चित्र बहादुर केसी ,प्रभात रञ्जन पोखरेल र राजेन्द्र कुमार बिश्वकर्मा रहनु भएको छ।उच्च अदालत बारमा २८६ मतदाता रहेका छन।