कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरी नगरपालिका संघ नेपालको केन्द्रिय सदस्यमा निर्वाचित भएकी छन । काठमाण्डौमा जारी नगरपालिका संघ नेपालको छैठौं राष्ट्रिय अधिवेशनबाट बाँकेको प्रतिनिधित्व गर्दै चौधरी केन्द्रिय सदस्यमा निर्वाचित भएकी हुन ।
थारु समुदायबाट प्रतिनिधीत्व गरेकी चौधरीले स्थानिय निर्वाचनमा उत्यधिक र लोकप्रिय मत ल्याएर उप–प्रमुखमा निर्वाचित भएकी थिइन् । चौधरी केन्द्रिय सदस्यमा निर्वाचित भएपछि कोहलपुर नगर क्षेत्रबाट मात्र नभई देशैभरका उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनेको ओइरो लागेको छ ।
गत मंगलबारदेखि सुरु भएको नगरपालिका संघको राष्ट्रिय अधिवेशनले चौधरीलाई सर्वसम्मत केन्द्रिय सदस्यमा चयन गरेको कोहलपुर नगरपालिकाका प्रेस संयोजक भिम रावतले जानकारी दिएका छन । रावतका अनुसार शुक्रबार नगरपालिका संघको नयाँ कार्यसमित समेत सर्वसम्मत चयन गरिएको छ ।