मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एसिया कप छनोट : सिंगापुरविरूद्ध नेपाल ४ विकेटले विजयी
  • मार्गरेखा संवाददाता

  • मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको चौंथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ। सिंगापुरले जितका लागि प्रस्तुत गरेको १ सय ५१ रनको सामान्य लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो।

    नेपालका लागि ओपनिङ ब्याट्सम्यान अनिलकुमार शाहले सर्वाधिक ४३ रन बनाए। अनिलले ३२ बलमा ५ चौंका र २ छक्का प्रहार गरे। दिपेन्द्रसिंह ऐरीले ३३ रन बनाए। उनले ४३ बलमा ३ चौंका र १ छक्का हिर्काए। त्यस्तै ज्ञानेन्द्र मल्ले ३५ बलमा १ छक्का र २ चौंकाको सहायतामा २९, सागर पुन र सुवास खकुरेलले १४–१४ तथा कप्तान पारस खड्काले ११ रनको योगदान दिँदा आरिफ शेख ४ रनमा नटआउट रहे। नेपालले २७.३ र २७.४ मा लगातार विकेट गुमाएको थियो।

    सिंगापुरका लागि सेल्लादोरे भिजयकुमार र अनन्त कृष्णले २–२ तथा कार्तिकेयान सुब्रमनियन र शरन स्वमिनाथनले एक–एक विकेट लिए।

    यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा अलआउट हुँदै १ सय ५१ रन बनाएको हो। नेपाली बलरसामु कमजोर देखिएको सिंगापुरका लागि कप्तान चेतन सुर्यवन्सीले सर्वाधिक ६० रन बनाए। उनले ८८ बलमा ८ चौंका र १ छक्का प्रहार गरे। त्यस्तै अनिश परामले ३१ र कार्तिकेयान सुब्रमनियनले २० रन बनाउनु बाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन्। सिंगापुरलाई सस्तैमा समेटन नेपालका सन्दीप लामिछाने र ललित राजवंशीले ३–३, सोमपाल कामीले २ तथा बसन्त रेग्मीले १ विकेट लिए।

    यसअघि खेलेका तीनमध्ये २ खेलमा हार र १ खेलमा जित निकालेको नेपाल अंकतालिकाको चौंथो स्थानमा उक्लिएको छ। नेपाल पहिलो खेलमा ओमानसँग ७ विकेट र दोस्रो खेलमा युएईसँग ७८ रनले हारेको थियो भने हिजो भएको तेस्रो खेलमा भने आयोजक मलेसियामाथि १९ रनको जित निकालेको थियो।अब नेपालले प्रतियोगिताको अन्तिम खेल मंगलबार हङकङविरुद्ध खेल्नेछ । नेपाललाई एसिया कपमा छनोटका लागि हङकङमाथि जित हात पारेर मात्रै पुग्दैन । अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने देखिन्छ।

  • १७ भाद्र २०७५, आईतवार १३:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित