मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जका चिकित्सकहरु आन्दोलनमा उत्रिए
  • मार्गरेखा संवाददाता

  • नेपाल चिकित्सक संघले आज( आईतबार) देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । नेपाल चिकित्सक संघ बाँके भेरी शाखाले पनि केन्द्रिय कार्यक्रम अनुसार जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा सांकेतिक विरोध स्वरुप आज आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको जनाएको छ । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । चिकित्सक संघ बाँके भेरी शाखाका अध्यक्ष डा.विनोद कर्णले सरकारले आफ्ना कुरा नसुनेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो । भदौ १५ गतेसम्म संशोधनका लागि समय दिइएपनि सरकारले बेवास्ता गरेको उहाँको भनाई छ ।भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था संशोधनको माग चिकित्सकहरुले राख्दै आएका छन् । पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी अपराध संहितामा डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ / विरोधका अन्य कार्यक्रमहरुमा भोलि सोमबार विहान १० बजे जिल्ला प्रशासन कार्यालयमा एप्रोनसहित उपस्थित भएर विरोध कार्यक्रम गर्ने, भोलि प्रशासनिक कामहरु बन्द गर्ने, १९ गते मंगलबारदेखि आकस्मिक सेवा बाहेकका विरामी भर्ना गर्ने कार्य बन्द गर्ने, २० गतेदेखि आकस्मिक बाहेकका अन्य अप्रेशनहरु बन्द गर्ने, २१ गतेदेखि आकस्मिक बाहेकका सेवाका ल्याब र रेडियोलोजी सेवा बन्द गर्ने र २२ गते शुक्रबारदेखि आकस्मिक बाहेका सबै सेवा आफ्ना माग पूरा नहूँदासम्म बन्द गर्ने कार्यक्रम रहेको चिकित्सक संघ बाँकेले जनाएको छ  । यसैबीच सबै चिकित्सकहरु आज जिल्ला प्रशासन कार्यालय बाँके पुगेर प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापनपत्र पनि बुझाएका छन् ।

  • १७ भाद्र २०७५, आईतवार १४:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित