दाङ ,भदौ १७ । कृष्ण जरमाष्टमिका अबसरमा ब्रम्हकुमारि ईश्वरीय बिश्व बिधालय तुलसिपुरले एक कार्यक्रमका बिच अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।
ब्रम्हकुमारि ईश्वरीय बिश्व बिधालय क्षेत्रीय राजयोग प्रशिक्षण केन्द्र राप्तिकि प्रमुख गिता दिदिको सभापतित्व एव उच्च अदालत तुलसिपुरका माननीय मुख्य न्यायाधीश नहकुल सुबेदीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा बोल्दै मुख्य न्यायाधीश सुवेदीले सत्यको खोजि गर्नु आफुहरुको पहिलो कर्तव्य रहेको बताउनु भएको छ ।उहाले सत्यको नजिक रहेर हरेक क्षेत्रबाट समाजलाई सुविचार र ज्ञानको प्रबर्दनमा भुमिका खेल्नुपर्ने समय आएको औल्याउनु भयाभयो ।
उहाले जीवन र जगतलाई परिणाममुखि बनाईराख्न सकारात्मक सोचको बिकास हुनुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा माननीय न्यायाधीश ईश्वर राज आचार्य,महिला रक्षक सजाल दाङका अध्यक्ष सुष्मा गिरि,राष्ट्रिय समाचार समितिका प्रमुख नारायणी रजौरे,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगाएतकाले शुभकामना मन्तब्य ब्यक्तगरेका थिए ।कार्यक्रममा माधब तिमिल्सेनाले कृष्ष जरमाष्टि र कृष्णलिलाको बारेमा चर्चा गर्नुभएको थयो ।कार्यक्रमको सहजिकरण सागरनाथ अधिकारीले गर्नुभएको थियोे ।
कार्यक्रममा विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो । यसैबिच अष्टमि पर्वको अबसरमा ब्रम्हकुमारि बिश्वबिधालय तुलसिपुरले विभिन्न स्थानहरुमा कार्यक्रमहरु सञ्चालन गरेको थियो ।