मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

परिवारका सदस्यको संलग्नतामा घटना गुपचुप पार्ने प्रयास गरियोः पीडित आफन्त
  • मार्गरेखा संवाददाता

  • आफ्नै नातिनीलाई करणी गर्ने हजुरबुवालाई परिवारका सदस्यहरुले संरक्षण गर्दै आएको रहस्य खुलेको छ ।


    कोहलपुर नगरपालिका वडा नं. ५ निवासी ७० वर्षिय हजुरवुवाले आपूmलाई पटक पटक जवरजस्ती करणी गर्दै आएको कुरा १३ वर्षिया पीडित किशोरीले आप्mनो अन्टिलाई जानकारी गराएपनि अन्टिले घटना गुपचुप राख्न पीडित किशोरीलाई दवाव दिने गरेको पीडित किशोरीलाई उदृढ गर्दै उनका ठुलीआमाका छोरा दाजुले
    बताए । परिवारका अरु सदस्यहरु यस बारेमा जानकार रहेपनि पीडित किशोरीलाई धम्की र त्रास देखाई घटना सर्वाजनिक गरे ज्यानै लिने भन्दै घटनालाई परिवारभित्रै गुपचुप राख्न हजुरबुवाले नै दवाव दिने गरेको पीडित किशोरीको भनाई छ ।
    २०७२ सालदेखि आपूm १० वर्षको हुँदा हजुरबुवाले पहिलो पटक जवरजस्ती करणी गरेको र त्यस यता लगातार ३ वर्षसम्म हजुरवुवाले घरमै बन्धक बनाई जवरजस्ती करणी गर्दै आएपछि पीडित किशोरीको मानसिक अवस्था समेत विग्रिएको दाङमा रहेका उनका दाजुले
    बताए । पीडित किशोरीका दाजुका अनुसार वहिनीको स्वास्थ्य नाजुक बन्दै गइरहेको र मानसिक समस्या समेत देखिएपछि उपचारको लागि भारत पु¥याएर मानसिक अस्पतालमा उपचार गराएपछि केही समय स्वास्थ्य सामान्य बनेको
    थियो । लगत्तै केही समयपछि पुनः पीडित किशोरीले बर्बराउने, मान्छेलाई झम्टने, न्याय देउ नत्र आत्महत्या गर्छु भन्ने जस्ता असामान्य व्यवहार देखाएपछि तुलसीपुरको स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि पु¥याइदा उपचारमा संलग्न चिकित्सकहरुले हिंसा तथा बलात्कारको शिकार भएका व्यक्तिहरुले यस्तो असामान्य व्यवहार देखाउन सक्ने बताएपछि पीडित किशोरीको स्वास्थ्य परीक्षण गराउँदा तुलसीपुरमै बलात्कारको शिकार भएको प्रमाणित भएको थियो । यो अवस्थासम्म डर र त्रासका कारण पीडितले आपूm हजुरबुवाबाट बलात्कृत हुँदै आएको कुरा खोलेकी थिइनन् । थप उपचारका लागि भैरहवा लगेर स्वास्थ्य परीक्षण गराउँदा पनि किशोरी बलात्कृत भएको प्रमाणित भएको थियो ।

    त्यसपछि परिवारले काठमाण्डौको मित्तल र थापाथलीमा उपचार गराउने क्रममा मात्र पीडित किशोरीले वास्तविकता आफन्तसँग खोलेकी थिइन् । त्यस लगत्तै मामाघर दाङमा फर्किएर हजुरवुवा विरुद्व प्रहरीमा उजुरी दर्ता गर्ने निर्णय परिवारले गरेको पीडित किशोरीका दाजुले बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुखसँग यस विषयमा आवश्यक सल्लाह भएपछि इलाका प्रहरी कार्यालयमा गत शुक्रवार पीडित किशोरीले उजुरी दर्ता गरेकी
    थिइन् । शुक्रवार नै प्रहरीले आरोपी हजुरवुवालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाएको
    थियो । आइतवार प्रहरीले जबरजस्ती करणीमा आरोपी हजुरवुवाका विरुद्व मुद्वा दर्ता गराएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सोमबार पनि प्रहरीमा महिलाहरुको धर्ना तथा नाराबाजी
    सोमबार पनि कोहलपुर क्षेत्रका महिलाहरुले इलाका प्रहरी कार्यालयमा धर्ना तथा नाराबाजी गरेका छन् । आप्mनै नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले अहिलेसम्म सार्वजनिक नगरेको भन्दै अधिकारकर्मी महिलाहरुले दोषीलाई तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।
    आन्दोलित अधिकारकर्मी तथा स्थानीय महिलाहरुले प्रहरीले हालसम्म घटनाका दोषी पक्राउ परेपनि सार्वजनिक नगर्नुले प्रहरीमाथि शंका उब्जिएको बताएका छन् । उनीहरुले इलाका प्रहरी कार्यालय अगाडी घण्टौसम्म नाराबाजी गर्दै बलात्कारीकारीलाई फाँसी दे, बालअधिकारको रक्षा गर, महिलामाथि हुने सबै प्रंकारका हिंसा अन्त्य गर जस्ता चर्का नाराबाजी गरेका छन् । प्रहरीले दोषीलाई सार्वजनिक नगरेसम्म चरणबद्व आन्दोलनका कार्यक्रमहरु जरी राख्ने बताएका छन् । स्वतःस्पूmर्त रुपमा अधिकारकर्मी तथा महिलाहरु जम्मा भएर आरोपी पक्राउ परेर मुद्दा दर्ता भइसक्दा समेत आरोपीलाई सार्वजनिक नगर्नुले प्रहरीमाथि शंका गर्ने ठाउँ रहेको आन्दोलनको अगुवाई गरेकी उद्योग वाणिज्य संघकी सदस्य संगीता सुदेवीले बताइन् । उनले प्रहरीलाई नागरीकले गरेको भरोसालाई कायम राख्न महिला तथा अधिकारकर्मीहरुका मागलाई तत्काल सम्बोधन गर्नुपर्ने बताइन् ।
    यस्तै महिला नेतृ बसन्ती अधिकारीले बलात्कारका आरोपीलाई पक्राउ गरेको लामो समयसम्म सार्वजनिक नगरिदा आर्थिक चलखेलमा घटना मिलाउने प्रयास हुन सक्ने भएकाले महिलाहरुले दबाबमुलक प्रदर्शन गरेको बताइन् । कोहलपुर प्रहरीले बलात्कारको आरोपमा पक्राउ परेका ब्यक्तिलाई सार्वजनिक नगरेका कारण दबाब मुलक अन्य कार्यक्रम गरिने अधिकारीले बताएकी छिन् ।
    राजनीतिक दलहरुमध्ये काँग्रेसले निकाल्यो बिज्ञप्ती
    घटनाको विरोध गर्दै दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दै नेपाली काँग्रेस कोहलपुर नगरकार्य समितिले प्रेस बिज्ञप्ती जारी गरेको छ ।
    नगर सभापति बलराम शर्माले जारी गरेको बिज्ञप्तीमा आप्mनै नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हजुरवाका कारण समाजमा सन्त्रास सिर्जना भएको बताइएको छ ।
    समाजमा एउटा अपराधिक मानकिता र गलत व्यक्तिका कारण सामाजिक मर्यादामा ठुलो असर पुगेकाले अबका दिनमा यस्ता घटना दोहोरिन नदिन सबैमा बिज्ञप्तीमार्फत अपिल समेत गरिएको छ । दोषीलाई उन्मुक्ति दिने प्रयास कहि कतै भए त्यसको कडा रुपमा नेपाली काँग्रेसले प्रतिवाद गर्ने जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

  • १९ भाद्र २०७५, मंगलवार ०९:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित