मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ज्येष्ठ नागरिकहरु समाजका पथप्रदर्शक भएकाले उनीहरुलाई नयाँ पुस्तासँग जोड्पर्ने तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे
  • मार्गरेखा संवाददाता

  • तुलसीपुर, भदौ १९ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले ज्येष्ठ नागरिकहरु राष्ट्रका सम्पत्ति भएकाले सबैले उनीहरुको सम्मान गर्नुपर्ने वताएका छन् । उनले जीवनमा लामो अनुभव हासिल गरेका ज्येष्ठ नागरिकहरुलाई राज्यले विभिन्न क्षेत्रमा सहुलियत प्रदान गरेको वताउँदै त्यसको पालना गराउनका लागि उपमहानगरपालिकाले पहलकदमी लिने कुरामा जोड दिएका थिए । वृद्ध सेवा समिति ज्येष्ठ नागरिक सेवा समाजको १३ औ साधारण सभाका प्रमुख अतिथि समेत रहेका पाण्डेले ज्येष्ठ नागरिकहरु समाजका पथप्रदर्शक भएकाले उनीहरुलाई नयाँ पुस्तासँग जोड्नुपर्ने वताएका थिए । “ज्येष्ठ नागरिकले देखेका र भोगेका कुराहरुलाई नयाँ पुस्तासँग जोड्नुपर्दछ” नगरप्रमुख पाण्डेले भने । उनले पुराना र नयाँ पुस्ताका विचमा संवाद चलाउने वताउँदै ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उपमहानगरपालिकाले न्यानो कपडा वितरण कार्यक्रम सञ्चालन गरेको समेत वताएका थिए ।
    कार्यक्रमका वोल्दै संविधान सभाका सभासद वुद्धिराम भण्डारीले वुद्धहरुलाई अपहेलना गर्नु भनेको इतिहासको अपहेलना गर्नुभएको वताएका थिए । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका भण्डारीले वृद्धहरुको अनुभवलाई समाजका विभिन्न क्षेत्रमा लगाउनुपर्ने कुरामा समेत जोड दिए । कार्यक्रममा ज्येष्ठ नागरिकका नगर अध्यक्ष ललितवहादुर वली, सल्लाहकार नारायणप्रसाद शर्मा, पत्रकार नारायणी रजौरे, समाजसेवी गोपिनाथ योगी लगायतले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने वताए । कार्यक्रममा समितिका कोषाध्यक्ष झग्गुप्रसाद गौतमले आर्थिक प्रतिवेदन र सचिव इन्द्रवहादुर वुढाथोकीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिक गोमा गौतम र गेहेन्द्र चुडामणी रजौरेलाई सम्मान गरिएको थियो । उपाध्यक्ष वसन्त कुमार खड्गीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष खुमानन्द अधिकारीले गरेका थिए ।

  • १९ भाद्र २०७५, मंगलवार २०:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित