मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेसको कार्यसम्पादन समितीमा को को आउदै छन
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले  केन्द्रीय कार्यसम्पादन समिति गठनको गृहकार्य थालेका छन् ।

    कार्यसम्पादन र अनुशासन समिति गठनका लागि देउवाले  भदौ २८ गतेका लागि बोलाइएका छन

    ‘भदौ २८ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय कार्यसम्पादन समिति र अनुशासन समिति गठन गर्छ,’

    २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमा संस्थापन पक्षले १७ र पौडेल (पूर्वमहामन्त्री सिटौलाको समेत) पक्षले १२ सदस्य पाउने समझदारी छ । २९ मध्ये सात जना पदेन सदस्य हुन्छन् भने सभापतिले २२ जना मनोनयन गर्न पाउँछन् । २२ मध्ये १० जना संस्थापनइतर पक्षले पाउने भएको हो । पौडेल पक्षबाट दुई पदाधिकारी पदेन सदस्य छन् ।

    केन्द्रीय कार्यसम्पादन समितिमा संस्थापन पक्षले गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, रमेश रिजाल, चित्रलेखा यादव, प्रदीप गिरी, फरमुल्ला मन्सुर, मानबहादुर विश्वकर्मा, एनपी साउद, आनन्द ढुंगाना, महालक्ष्मी उपाध्यायलगायतलाई ल्याउने सम्भावना छ ।

    त्यस्तै संस्थापन इतरपक्षमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र सिटौला, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, मीनेन्द्र रिजाल, दिलेन्द्र बडु, सुजाता कोइराला र शेखर कोइराला रहने सम्भावना छ

  • २१ भाद्र २०७५, बिहीबार ११:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित