मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज म्याराथन २०१८ को तयारी सुरु .पुरस्कार राशीमा बृद्धि हुने
  • मार्गरेखा संवाददाता

  • शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आयोजना हुने नेपालगन्ज म्याराथनमा २०१८ को तयारी सुरु गरिएको छ । नेपालगन्ज म्याराथनको यो चौथो संस्करण हो । नेपालगन्ज म्याराथनको चौथो संस्करणका लागि आजदेखि दर्ता आवेदन खुल्ला गरिएको जानकारी गराउन पाउँदा हामीलाई खुशी लागेको छ ।
    खेलाडी आवेदन दर्ता फारम मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति, बाँके जिल्ला एथलेटिक्स संघको कार्यालय तथा न्यरोडस्थित क्रियटिभ ह्याण्ड्सको कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।
    नेपालगन्ज म्याराथनका संरक्षक विजय लामासँगको बृहत छलफलपछि तयारी अगाडि बढाइएको हो । नेपालगन्ज म्याराथनको टाइटल स्पोन्सरका रुपमा ब्राइटल्याण्ड स्कुल नै रहनेछ । यसको नाम ब्राइटल्याण्ड नेपालगन्ज म्याराथन हुनेछ । यस बर्ष पनि पुरस्कार राशीमा बृद्धि गरिनेछ ।
    दश बर्षे सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा नेपालगन्ज म्याराथन आयोजना गरिदैआएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सले बिभिन्न संघसंस्थाको साझेदारीमा नेपालगन्ज म्याराथन आयोजना गर्दै आएको यहाँहरुलाई विदितै छ । नेपालगन्ज म्याराथनको चौथो संस्करण थप भव्य गराउनुका साथै व्यवस्थापन चुस्त र पुरस्कार राशीमा बृद्धि गर्ने निर्णय गरेका छौं । नेपालगन्ज म्याराथनमा खुल्ला पुरुषतर्फ ४२ किलोमिटर दौड, महिला खुल्लातर्फ २१ किलोमिटर हाफ म्याराथन रहेका छन् ।
    त्यस्तै हरेक बर्ष झैं विद्यालयस्तरीय पाँच किलोमिटर छात्र एवं छात्रा दौड पनि समावेश गरिएको छ । यसमा पनि नगद पुरस्कार व्यवस्था गरिएको छ । अपाङगता भएका व्यक्तिहरुका लागि खुला दुई किलोमिटर ट्राइसाइकल दौड पनि नगद पुरस्कारसहित राखिएको छ । त्यस्तै बिभिन्न पेशा र व्यवसायमा संलग्नहरुलाई लक्षित गरी तीन किलोमिटर वाकाथन पनि समावेश गरिएको छ ।
    नेपालगन्ज उपमहानगरपालि, जानकी गाउँपालिका र कोहलपुर नगरपालिकालाई जोड्ने म्याराथनमा स्थानीय तथा राष्ट्रियस्तरका धावकहरु सहभागि हुने गर्दछन् ।
    साथै, जुम्ला, कालिकोट लगायतका कर्णालीका जिल्लाहरु र प्रदेश ५, ६ र ७ का खेलाडीहरुले भाग लिदैआएका छन् । खेलाडी सहभागिताको जिम्मेवारी बाँके जिल्ला एथलेटिक्स संघको रहेको छ । एथलेटिक्स संघका पदाधिकारीहरुसँगको हालै बसेको बैठकले नेपालगन्ज म्याराथनमा करिब दुई हजार जना सहभागि गराउने तयारी गरेको छ ।
    पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा नेपाली सेनाकै कृष्ण बस्नेत र तेस्रोमा जुम्लाका दुर्गाबहादुर बुढा उपाधि जितेका थिए । त्यसैगरी हाफ म्याराथनतर्फ पहिलोमा कृष्णेश्वरी सिन्तकला, दोस्रोमा कान्छीमाया कोजु र तेस्रो संस्करणमा नेपाली सेनाकी रेशु बस्नेत उपाधि जितेका थिए ।
    नेपालगन्जको चिनारीका रुपमा विस्तार हुँदै गएको म्याराथनलाई बर्षेनी स्तरीय बनाउदै राष्ट्रियस्तरको भव्य प्रतियोगिताका रुपमा स्थापित गर्ने हाम्रो परिकल्पना रहेको छ । सहयोगका लागि धन्यवाद ।

     

  • २१ भाद्र २०७५, बिहीबार १७:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित