मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

उप–प्रमुखको जन्मदिन कार्यक्रम पुर्नस्थापना केन्द्रमा
  • मार्गरेखा संवाददाता

  • जन्मदिनमा भोज भतेर तथा पार्टीका नाममा फजुल खर्च गर्ने परिपाटीलाई चुनौति दिँदै कोहलपुर नगरपालिका उप–प्रमुखले फरक तरिकाले आप्mनो जन्मदिन मनाएकी छिन् ।


    असाहय अशक्त तथा जेष्ठ नागरीकलाई पुर्नस्थापनाका लागि स्थापना गरिएको गरिएको नीलसागरलाई आप्mनो सेवा सुविधालाई केही कटौती गरेर आर्थिक सहयोग गर्न पाउँदा छुट्टै आनन्दको अनूभूती भएको कोहलपुर नगरपालिका उप–प्रमुख सञ्जु कुमारी थारुले बताइन् । विहिवार आप्mनो जन्मदिनको अवशरमा नेपालगञ्जमा रहेको नीलसागर असाहय अशक्त तथा जेष्ठ नागरीकलाई पुर्नस्थापना केन्द्रमा पुगेर त्यहाँ रहेका जेष्ठ अशक्त आमा बुवासँग आशिर्वाद लिएर जन्मदिनलाई फरक तरिकाले मनाउँदै अनावश्यक रुपमा भोज भतेर गर्र्ने गलत संकार विरुद्वको अभियानमा आपूm प्रस्तुत भएको उप–प्रमुख थारुको भनाई छ । उप–प्रमुख थारुले जन्मदिनको केक नीलसागरमै काटिन् यतिमात्र नभएर पुर्नस्थापना केन्द्रमा रहेका अशक्त र जेष्ठ नागरिकबाट टिका र आशिर्वाद ग्रहण गर्दै बयोवृद्वहरुका लागि केही थान शक्तिवद्र्वक हर्लिक्स केन्द्रलाई हस्तान्तरण समेत गरिन् ।


    सहयोगी दाताको सहयोग रकमबाट सञ्चालित पुर्नस्थापना केन्द्र र केन्द्रमा रहेका बयोवृद्व, मानसिक समस्याबाट ग्रस्त जेष्ठ नागरिकको पालनपोषण र केन्द्रलाई सहज रुपमा सञ्चालन गराइराख्न नगद १५ हजार रपैयाँ समेत उनले सहयोग गरेकी छिन् ।
    आप्mनै सन्तान र घरपरिवारबाट तिरस्कारको सिकाई भई वेवारिसे बनेका तथा मानसिक समस्याबाट ग्रस्त नागरीकको बारेमा सरकारले कुनै पनि सकारात्मक कदम चाल्न नसकेको अवस्थामा नीलसागरको महान अनि पवित्र कार्यलाई सबैले सहयोग गर्न उप–प्रमुख थारुले अपिल समेत गरेकी छिन् । उनले भनिन्–‘जन्मदिन तथा विशेष दिनमा अनावश्यक रुपमा खर्च गर्ने होडबाजी गर्नुभन्दा सामाजिक क्षेत्रमा सक्दो सहयोग गर्नुस् तपाईहरुको आत्माले छुट्टै खुशीको अनुभूती गर्नेछ ।’ उनले केन्द्रलाई आगामी दिनमा पनि सदैव सक्दो सहयोग गर्ने प्रतिवद्वता जनाएकी छिन् ।

  • २१ भाद्र २०७५, बिहीबार २२:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित