मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका सात जना पक्राउ
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज,२८ भदौ। जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतको फैसला अभियान अन्तरगत अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सातै जनालाई जिल्ला अदालत बाँकेमा बुझाएको छ ।
    २०७० सालदेखि अदालतले गरेको फैसला कार्यान्वयन गर्न अभियान चलाइएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । अभियानको नेतृत्व प्रहरी नायव निरीक्षकले गरेका छन् । अभियान अन्तरगत वन मुद्दामा दोषी करार भई अदालतबाट जरिवाना तोकिएका खेमलाल थारुलाई पक्राउ गरेको छ । जघन्य अपराधमा उनलाई अदालतले दोषी ठहराउँदै ९ हजार ४ सय रुपैयाँ जरिवाना गरेको थियो ।
    अभियान अन्तरगत लेनदेन मुद्दामा १ वर्ष कैद तोकिएका नेपालगन्ज १९ का तिर्थराम कलवार, लागुऔषध मुद्दामा १३ दिन कैद सजाय पाएका नेपालगन्ज १ का सरोज थापा, चोरी मुद्दामा २ महिना ४ दिन कैद र २१ हजार जरिवाना तोकिएका कोहलपुर २ का राजेश वैगारलाई पक्राउ गरिएको हो ।
    यस्तै जबरजस्ती करणी मुद्दामा अदालतबाट ३ वर्ष ६ महिना कैद सजाय सुनाइएका वैजनाथ १ का पदम सुनार र नाम नखुलाइएका अर्का १ जना र कर्तव्य ज्यान मुद्दामा फरार रहेका १ जनालाई समेत प्रहरीले पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाएको छ ।

  • २८ भाद्र २०७५, बिहीबार १४:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित