मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जिल्ला अदालत कञ्चनपुरले छोरी बलात्कार गर्ने बाबुलाई २२ वर्ष जेल सजाय
  • मार्गरेखा संवाददाता

  •  

    छोरी बलात्कार गर्ने कञ्चनपुरको महाकाली नगरपालिकाका एक बाबुलाई २२ वर्ष जेल सजाय सुनाइएको छ। जिल्ला अदालत कञ्चनपुरले महाकाली नगरपालिकाका एक बाबुलाई २२ वर्ष जेल सजाय सुनाएको हो।

    अदालतले क्षतिपूर्ति पनि भराउने फैसला गरेको छ। गत असार १३ गते राति घरमा खाना आएर सुत्ने क्रममा रहेकी १२ वर्षीया छोरीलाई जरबजस्ती करणी गर्ने बाबुलाई अदालतले १२ वर्ष र जबरजस्ती करणी र हाडनातामा १० वर्ष गरी २२ वर्ष सजाय तोकेको जिल्ला न्यायाधीवक्त  खेमराज भट्टले जानकारी दिए।

    जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले २२ वर्ष सजाय सुनाएको हो। ती युवक यसअघि पूर्पक्षका लागि थुनामा थिए।

    ‘असार १३ गते घरमै जबरजस्ती करणी गरेको रहेछ’ न्यायाधीवक्ता भट्टले भने, ‘३० गते मात्रै पीडितले जाहेरी दिएपछि तत्कालै प्रहरीले पक्राउ गरेको थियो।’ बालिकाको समेत पहिचान हुने भएकाले बलात्कारी बाबुको नाम भने खुलाइएको छैन्।

    दोषी ठहर भएका बाबुले यसअघि २ पटक भारतमासमेत आफ्नै छोरीको बलात्कार गरेको खुल्न आएको छ। घरमा आएर पनि बलात्कार गरेपछि ती बालिकाले परिवारका अन्य सदस्यलाई भनेपछि घटना सार्वजनिक भएको हो।

    असार ३० गते पक्राउ परेका ती बाबुलाई मुद्दा चलाएर साउन १५ गते सरकारी वकिल कार्यालयले साउन १५ गते अदालतमा अभियोग पत्र दायर गरेको थियो।

    जिल्ला न्यायाधीशको आदेशले साउन १६ गते नै पूर्पक्षका लागि कारागार चलान गरिएको थियो। भदौ १७ गते कसुर ठहर भएपछि जिल्ला न्यायाधीशको फैसलाले मंगलबार २२ वर्ष जेल सजायको फैसला गरेको हो।

  • २८ भाद्र २०७५, बिहीबार १६:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित