पूणिमा साहित्य प्रतिष्ठान कोहलपुरले हरेक वर्ष प्रदान गर्ने तुलसीराम स्मृति पुरस्कार–२०७४ यस पटक बरिष्ट साहित्यकार विश्वप्रेम अधिकारीलाई प्रदान गर्ने भएको छ ।
नेपाली भाषा साहित्यमा उल्लेखनीय योगदान गरे वापत अधिकारीलाई तुलसीराम ढकालको सम्झनामा २०६२ मा स्थापना भएको पुरस्कार यही भाद्र ३० गते कोहलपसरमा एक बृहत कार्यक्रमका बीच प्रदान गर्न थालिएको हो । स्याङ्जामा बसोबास गर्दै आएका अधिकारी पाँच दशकभन्दा अगाडि देखि नेपाली भाषा साहित्यमा सर्मिर्पत रहदै आएका छन् । बिभिन्न बिधाका दर्जनबढी कृति प्रकाशन तथा सम्पादन गरेका अधिकारी स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष हुन् भने विगत लामो समयदेखि रजस्थल साहित्यिक त्रैमासिकको सम्पादन गर्दै आएका छन् ।
पाँच हजार पाँच रासी रहेको पुरस्कारबाट हालसम्म देशका बिभिन्न स्थानका साहित्यकारहरु पुष्प अधिकारी अञ्जली(चितवन), पद्यराज जोशी(कैलाली), राजेन्द्र प्रसाद धिताल(बर्दिया),प्रा.डा.गोपाल प्रसाद अधिकारी(बाँके), सृजन लम्साल(बाँके), डा. दिपक गौतम(सुर्खेत), टिकाराम उदासी (दाङ), भिष्म उप्रेती(झापा) र किरण आचार्य (बाँके) सम्मनित भइसक्नु भएको छ ।
सोही कार्यक्रममा पछिल्लो समयकी चर्चित गजलकार नमिता बरालको गजल सङ्ग्रह आँगनको विमोचन गरिने कुरा संस्थाका अध्यक्ष महानन्द ढकालले बताउनु भयो ।