मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मिसन टुडे राष्ट्रिय दैनिकमा प्रकाशित सुचनालार्इ लिएर पुस्तकायकाे ध्यानाकर्षण
  • मार्गरेखा संवाददाता

  • ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोतको बर्तमान कार्यसमितिको सचिव रुपमाको आफुलाई संज्ञा दिएर पूर्व सचिव विष्णु वेल्वासेले पत्र पत्रिकामा सूचना प्रकाशन गरेपछि पुस्तकायले ध्यानाकर्षण भएको जनाएको छ ।

    भाद्र २९ गते कोहलपुरबाट प्रकाशित हुने मिसन टुडे राष्ट्रिय दैनिकको पहिलो पृष्ठमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुको वैधानिक सदस्यहरुका बीच साधारण सभा हुने भन्ने विषयको सुचना पुस्तकालयका सचिव विष्णु वेल्वासेको नामबाट प्रकाशन गरेपछि पुस्तकालय प्रेस बिज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

    शुक्रवार पुस्तकालका बर्तमान कार्यसमिति उपाध्यक्ष लाल बहादुर राना र सचिव सुशिल सापकोटाको हस्ताक्षर सहित जारी गरिएको प्रेस बिज्ञप्तिमा पूर्व सचिव विष्णु बेल्वासे द्धारा प्रकाशित भ्रामक सूचनाप्रति भ्रममा नपर्न संस्थाका सम्पूर्ण संस्थागत, आजिवन र साधारण सदस्यज्यूहरु लाई अनुरोध गरिएको छ ।

    बिज्ञप्तिमा अगाडी भनिएको छ–‘हालै निर्वाचित बर्तमान कार्यसमिति संविधानमा उल्लेख भए बमोजिम लोकतान्त्रिक विधी, पद्वती र यस संस्थाको विधान २०७१ अनुरुपनै १७ औं साधारण सभा बाट चेतकान्त भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको सम्वन्धित सबैलाई सर्ववितितै छ ।’

    ‘पूर्व सचिव विष्णु वेल्वासेले संस्थालाई विवादित पार्ने उद्देश्यले उक्त भेलाको आयोजना गरेको र निज ब्यक्ति हाल यस संस्थाको कुनैपनि कार्यकारी पदमा नरहेकोले तत्काल त्यस्ता गतिविधि रोक्न विज्ञाप्तिमार्फत ध्यानआर्कषण गराउँदछौँ ।’ बिज्ञप्तिमा भनिएको छ । यता पत्रिकामा सचिवको नाममा सूचना प्रकाशन गरेका पुस्तकालयका पूर्व सचिव बेल्वासेले जिल्ला प्रशासन कार्यालय बाँकेले विधिसम्मत अधिवेशन प्रक्रिया अगाडी बढाउन परिपत्र गरेकाले आफुले वैधानिक रुपमा १७ औं अधिवेशन सम्पन्न गर्न पत्रिकामा सूचना प्रकाशन
    गरेको बताए । उनले विधि पक्रिया अन्तर्गत नै भाद्र ३१ गते अधिवेशनका लागि संस्थाका संस्थागत र आजिवन सदस्यलाई बोलाइएको बताए ।

    जिल्ला प्रशासन कार्यालय बाँकेले परिपत्र गरेपछि पुस्तकालयको बीचमै रोकिएको निर्वाचन कार्यतालिका तत्काल सुचारु गरी निर्वाचन सम्पन्न भएको थियो । १७ औं साधारण सभाबाट निर्वाचित अध्यक्ष भट्टराईको कार्यसमितिले पदभार समेत ग्रहण गरेयता विभिन्न कार्यक्रमहरु समेत सम्पन्न गरिसकेको छ ।

    प्रेस बिज्ञप्ति

  • २९ भाद्र २०७५, शुक्रबार २१:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित