कोहलपुरमा सूचनाको माग गर्दै अनसनमा बसेका पत्रकार पुजन वि.क. शनिवार सूचना उपलब्ध गराउने सहमति पछि अनसन तोडेका छन् ।
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरले आपूmले माग गरेका सूचनाहरु उपलब्ध गराउन ढिलाई गरेको भन्दै पुस्तकालयले तत्काल सूचना उपलब्ध गराउनुपर्ने माग सहित शुक्रवार अपरान्हबाट अनसन शुरु गरेका थिए । पुस्तकालयले शुक्रवार हिन्दु नारीहरुको महान पर्व ऋषिपञ्चमी परेकाले संस्थाकी कार्यालय प्रमुख विदामा बसेकाले माग भएबमोजिका सूचनाहरु दिनलाई तयार भइसकेको तर कार्यालय प्रमुख नै ऋषिपञ्चमी पर्वको ब्रत र पुजामा बसेकाले कार्यालय प्रमुख कार्यालयमा हाजिर भएकै दिन सूचना उपलब्ध गराइने प्रतिवद्वता व्यक्त गरेको पुस्तकालयका उपाध्यक्ष लाल बहादुर रानाले बताए । तर उहाँले कुनै पनि हालतमा सूचना उपलब्ध गराउन अड्डी कसेपछि समस्या सिर्जना भएको
बताए ।
उपाध्यक्ष रानाका अनुसार कार्यालय प्रमुख ऋषिपञ्चमी र पुजाका लागि विदामा बस्नपाउनु उहाँको अधिकार भएकाले तत्काल कार्यालयमा उपस्थित हुन निर्देशन दिन नसकेको बताए । यस विषयमा मैले मात्र होइन् सचिव र सहि–सचिवले पनि अनुरोध सहित माग गरिएका सूचना भोली शनिवार कार्यालय समयमै उपलब्ध गराउने प्रतिवद्वता जनाउँदा सम्म उहाँ ठसको मस हुनुभएन् । अन्ततः अनसन बसेको घोषणा गरिदिनुभयो । पुस्तकालयका उपाध्यक्ष रानाले भने ।
कार्यालय प्रमुख विदामा नबसेको भए सूचना उपलब्ध गराउन कुनै समस्या हुनेथिएन तर हामीले अनसन शुरु गर्नुपूर्व जे कुरा भनेका थियौं अन्ततः उहाँ त्यही कुरामा सहमत भएर अनसन तोड्नु भयो, उपाध्यक्ष रानाले भने ।