मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दश बर्ष पछि दाङमा नेपाल एयरलाइन्सको परिक्षण उडान
  • मार्गरेखा संवाददाता

  •  

    दाङ १६ अशोज
    नेपाल एयरलाइन्सले दाङको टरीगाउँ विमानस्थलमा परिक्षण उडान गरेको छ । विहानको ११ बजेर २० मिनेटमा पहिलो पटक विमानस्थलमा अवतरण गरेको पाँच मिनेटमै उडेको नाइन. एन. एकेयु विमानले दोस्रो पटक ११ बजेर ३५ मिनेट जाँदा पुनः अवतरण गरेको थियो । अवतरण पछि पत्रकारहरुसंग कुरा गर्दै प्राविधिक टोलीले प्राविधिक दृष्टिकोणले विमानस्थल उपयुक्त भएको बताएका छन ।
    १० बर्ष अघि टरीगाउँ एयरर्पोट घाँसे मैदानमा विमान अवतरण गरेको स्मरण गर्दै क्याप्टेन आङनुरी शेर्पाले अहिले निकै राम्रो भएको बताउनुभयो । १६ सीटे जहाँजका लागि उडान भर्न कुनै समस्या नभएको भन्दै क्याप्टेन शेर्पाले पाँच सय मिटर विस्तार गरेमा ३२ सीटे जहाँज बस्न सक्ने बताउनुभयो । नेपाल वायुसेवा निगमका इन्जिनियर विशाल पौडेलले धावनमार्ग उपयुक्त रहेको भन्दै रुख विरुवा र घरले कुनै असर नगर्ने बताउनुभयो ।
    प्राविधिक टोलीमा क्याप्टेन उद्धव घिमिरे, मोनिका रञ्जीत र सन्तोष निरौलाको पनि सहभागिता रहेको थियो । प्राविधिक टोलीलले पैतीस सय रुपैयाँ भाडा निर्धारण गरे पनि कुनै घाटा नलाग्ने बताएको छ । इन्धन डिपो स्थापना गरेमा नियमित उडान भर्न सहज हुने उनिहरुको सुझाव थियो । प्राविधिक प्रतिवेदनका आधारमा दशै अघि विमान नियमित उडान हुने उनिरुले बताएका छन ।
    संघिय सांसद मेटमणी चौंधरी, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलका बीच मंगलवार जहाँजले परिक्षण उडान गर्ने र त्यसपछि नियमित उडान भर्ने सहमति भएको थियो ।
    यता वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल नियुक्त भए लगत्तै उनले देशभर बन्द रहेका बिमानस्थल सुचारु गर्नुपर्ने भन्दै आधा दर्जन एयर्पाेट हरुमा परिक्षण उडान सुरु गरेका हुन । खरेलका अनुसार अधिकाश जिल्ला हरुमा दशै अघि नियमित उडान गर्ने तयारीमा रहेको समेत जानकारी दिएका छन उनले भने “हामी जनताको सेवा गर्न आएका हौ दुर दराजका जनतालाई सेवा दिनु प्रमुख काम र कर्तव्य हाम्रो हो प्राबिधिक रुपमा सफल परिक्षण उडान भएका जिल्लामा दशै अघि हवाई सेवा सञ्चालन हुन्छ“ भौतिक सम्रचना निर्माण हुदै गर्छन फ्लाइट रोकिन्न ।
    दाङमा कालोपत्रे भएर जहाजको प्रतिक्षामा रहेको टरिगाउ विमान स्थल सञ्चालन गर्नुको साटो नेताहरुले आफ्नो स्वार्थमा नारायणपुर क्षेत्रमा अन्तर्रा्ष्ट्रिय बिमानस्थल निर्माणका लागि सर्बे गर्न बजेट छुट्टयाएको भन्दै दाङमा एयर्पाेट बिबाद चुलिएको छ । जनताहरु आन्दोलनित भएकाछन भने अर्को्तिर नेताहरु समेत बिभाजित देखिन थालेका छन । नारायणपुर क्षेत्रमाका जनताहरुको माग पनि अन्तर्रा्ष्ट्रिय विमान स्थल निर्माण हुन बर्षाै समय लाग्ने भएको हुदा दाङबासिहरु लामो समय सम्म हवाई यातायात उपयोग गर्न बन्चित नहुनकैलागि टरिगाउ बिमानस्थल नियमित रुपमा सुचारु हुनुपर्ने बताउछन ।
    २०७१ सालमा तुलसिपुर उधोग बाणिज्य सङघले निजि लगानीमा करिव दस महिना र जनप्रतिनिधि हरु निर्बा्चित भए लगत्तै तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको पहलमा समिट एयरलाइन्स को जहाज दाङमा करिब ९ महिना सञ्चालनमा आएको थियो ।

  • १६ आश्विन २०७५, मंगलवार १५:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित