स्थापना स्थापना गरिएको छ । नेपाल तर्फ हेल्प डेस्कको स्थापना गरीसकिएको छ भने भारत तर्फ एक हप्ता भित्रै हेल्प डेस्क स्थापना गर्नेसहमतिभएको शसस्त्र प्रहरी भन्सार सुरक्षा गुल्म का गुल्मपति तथा शसस्त्रप्रहरी नायब उपरिक्षक निरङ्कार नाथ शुक्लाले जानकारी दिनुभयो ।आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसंग कुराकानी गर्दै शुक्लाले चाडबाडका बेला देखिने यात्रुहरु तथा खरिददारहरुको चापलाई मध्येनजर गर्दै उनिहरुको सुरक्षका लागि हेल्प डेस्क स्थापना गरीएको शुक्लाले बताउनुभयो । “नेपालीहरुका महान चाडहरु ढोकै मा छन् भारतमा रोजगारी गरी दशैंं तिहार छठ जस्ता पर्वहरु मनाउन हजारै नेपालीहरु स्वदेश फिर्तिको समय छ” सुक्लाले भन्नभयो । नाकामा कुनैपनि नेपाली तथा खरिददारहरुले दुःख नपाउन भन्ने उद्धेस्यले हेल्पडेस्कको स्थापना गरीएको हो । “ कोहि पनि नठगिउन भन्नेमा शसस्त्रप्रहरी सचेत छ ” ।
भर्खरै मात्र नेपाली सुरक्षकर्मी र भारतिय सुरक्षकर्मींहरुले संयुक्तरुपमा गस्ति गर्दै आपराधिक गतिबिधिहरु तथा राजश्व चुहावट नियन्त्रणका लागि स्थालगतसमेत अनुगमन गरेको सुक्लाले जानकारी दिनुभयो ।
नेपाली सुरक्षा टोलिको नेतृत्व शसस्त्र प्रहरी उपरिक्षक ९एसपी० भेष बहादुर शाह र भारतिय सुरक्षा फौजको नेतृत्व कमाण्डर पवन कुमारले गर्नुभएको थियो ।
शसस्त्रप्रहरी बल केन्द्रिय भिागको निर्दैशनात्मक परिपत्रअनुसार हेल्प डेस्कको स्थापना गरी सीमापार खरिददार तथा नेपाल भित्रिने यात्रुहरु लाई आवस्यक सहयोग गरिने गुल्मपति शुक्लाले जानकारी दिनुभयो ।
“चाड बाडका बेला सबैले सहजरुपमा सामानहरु खरिद बिक्रि गर्न पाउनुपर्छ” शुक्लाको भनाइ छ । “ दुव्र्यबहार, ठगि जस्ता घटनाहरु बाट नेपाल मा र भारतमा पनि बचाइने छ ” शुक्लाले बताउनुभयो ।
भारतिय सुरक्षा फौज संगको समन्वयमा नेपाली पक्षले दशैं तिहारमा नेपालीहरुको सुरक्षाको सवालमा भारतिय पक्ष सकारात्मक देखिएको र नेपाली यात्रुहरुको सुरक्षका लागि पहल गर्ने भारतिय पक्षले जनाएको छ ।