मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आज राति उल्कावर्षा
  • मार्गरेखा संवाददाता

  •  

    हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्कावर्षा आइतबार रातिदेखि सोमबार बिहानसम्म देखिने भएको छ  । ती उल्कावर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर वा मृघशिरा उल्कावर्षा नाम दिइएको छ ।

    उल्कावर्षा स्थानीय समय अनुसार अक्टोबर २१ राति १०ः४५ देखि नै सुरु भई अक्टोबर २२ बिहान ५ः४५ बजेसम्म देख्न सकिनेछ ।  उल्कावर्षा हेर्नको लागि ३ः४५ पछिको समय उत्तम हुने नेपाल एस्ट्रोनोमिलकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले बताए।

    उनका अनुसारअत्याधिक उल्कावर्षाको बेला प्रति घण्टा २० सम्म उल्का देखिने अनुमान छ । ती उल्कावर्षाको गति प्रति सेकेण्ड ६७ किलोमिटरसम्म हुने भएकोले करिब ७० किलोमिटर माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने भट्टराईले जानकारी दिए ।

    के हो उल्का वर्षा ?

    पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कण र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई  उल्का वर्षा भनिन्छ । उल्कावर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिने गरेको नासोका अध्यक्ष भट्टराई बताउँछन् ।

    के हो हेलीको पुछ्रेतारा?

    बेलायती खगोलशास्त्री ’एडमण्ड हेली’ ले न्युटनको गुरुत्वाकर्षण सम्बन्धी साध्यको माध्यमले सौर्यमण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुछ्रेतारा पत्ता लगाएको हुनाले यसलाई ’हेलोको पुछ्रेतारा’ भनिएको हो।

    यो एक नियमित पुछ्रेतारा हो जसले हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा हर्ने गर्दछ! सन् १९८६ मा देखिएको यो पुछ्रेतारा अब २०६१ मा  देखिने अनुमान गरिएको छ । नासो अध्यक्ष भट्टराई उल्कावर्षा नियमित खगोलीय घटना भएको बताउँछन् ।

    यस वर्ष दसैंकोबीचमा परेकाले उल्का वर्षा हेरेर रमाइलो गर्न सकिने उनको भनाइ छ । ‘प्रदुषण कम हुन्छ, आकाश खुला पनि छ, यस कारण यो वर्ष उल्का वर्षालाई राम्रोसँग अवलोकन गर्न सकिन्छ ।

  • ४ कार्तिक २०७५, आईतवार ०७:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित