कञ्चनपुरमै एक तीन वर्षीया बालिका बलात्कृत भएकी छन्।आइतबार बेलुका भीमदत्त नगरपालिका-१२ की एक बालिका बलात्कारको शिकार भएकी हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले छिमेकी १२ वर्षीय एक बालकले ३ वर्षीया बालिकालाई बलात्कार गरेको जानकारी दिए।
‘घर नजिकै आगन छेउमा खेलिरहेकी बालिकालाई अलि पर बोलाएर बलात्कार गरेको देखिएको छ, उनले भने,’बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ, तर रिपोर्ट आएको छैन।’ उनका अनुसार बालिकाको योनीमा रगत देखिएको छ।
परिवारको जानकारी पछि प्रहरीले बालकलाई नियन्त्रणमा लिएको छ भने बालिकाको स्वास्थ्य परीक्षण गराएको छ। बालकलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा राखेर घट्नाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ।