मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्तमान ओली सरकार आफैं उत्पादनतिर लागेर निजी क्षेत्र, आम जनता, सहकारी र उद्यमशील बर्गलाई हतोत्साहित नेपाली कांग्रेसका सहमहामन्त्री डा।प्रकाशशरण महत
  • मार्गरेखा संवाददाता

  •  

    नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले समृद्ध नेपाल र सुखी नेपालीको नारा अघि सारिए पनि सरकार समृद्धिलाई खुम्च्याउनतिर उद्यत रहेको टिप्पणी गदै सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताए गर्नुभएको छ । नेपालगञ्जमा सोमबार नेपाली काँग्रेसको केन्द्रिय आर्थिक नीति मस्यौदा समितिले गरेको आर्थिक नीति सम्वन्धि प्रस्ताब तयारीका लागि आयोजित कार्यशाला गोष्ठी गदैको उद्घाटन गदै बताए हुन ।
    बर्तमान ओली सरकार आफैं उत्पादनतिर लागेर निजी क्षेत्र, आम जनता, सहकारी र उद्यमशील बर्गलाई हतोत्साहित गर्न तर्फ लागेको आरोप लगाउदै आम जनतालाई उत्पादनका लागि प्रेरित गर्दै उनीहरुलाई नै मुख्य जिम्मेवारी दिने र सरकारले वितरण मात्रै गर्ने आर्थिक नीति कांग्रेसको हुने उहाँले स्पष्ट पार्नुभयो । मस्यौदा समितिका संयोजक समेत रहेका महतले विपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादले नै मुलुकलाई समृद्धितर्फ लैजाने भन्दै कांग्रेसले यसको समय सान्दर्भिक ब्याख्या र परिमार्जन गर्दै अघि बढ्ने बताउनुभयो ।

    प्रदेश नम्बर ५ का साविकका राप्ती र भेरी अञ्चल, कर्णाली र सुदुुरपश्चिम प्रदेशका सबै जिल्लाका पार्टी सभापति, अगुवा नेता, कार्यकर्ता सहभागी कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा केन्द्रिय सदस्य बहादुर सिंह लामा, पार्वति डिसी चौधरी, जीवन बहादुर शाही, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा।गोविन्द पोखरेल, बाँकेकी सभापति किरण कोइराला लगायतले बोल्नुभएको थियो ।

     

  • १२ कार्तिक २०७५, सोमबार १६:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित