मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

८९ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
  • मार्गरेखा संवाददाता

  • प्रहरीले भारतीय नागरिकलाई ठूलो परिमाणमा ब्राउन सुगरसहित नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । लागू औषध अनुसंधान ब्युरो शाखा कार्यालय नेपालगन्जको टोलीले मंगलबार साँझ सवा ४ बजे नेपालगन्जको चौलिक्का चोकबाट भारत रुपैडिहाका १८ बर्षिय सायर आलम राईलाई नियन्त्रणमा लिएको हो ।
    रुपैडिहाबाट ८९ ग्राम प्रतिबन्धित लागू औषध ब्राउन सुगर लिएर नेपालगन्ज आउदै गरेका राईलाई सुराकीको आधारमा ब्यूरोको टोलीले मंगलबार संाँझ सवा ४ बजे चौलिक्का चोकबाट नियन्त्रणमा लिएको हो ।
    बरामद लागू औषध ब्राउन सुगर प्रहरीका अनुसार विगत एक वर्ष यता कै सबै भन्दा ठूलो परिमाणको भएको बताईएको छ ।
    पक्राउ परेका आलमलाई आवश्यक अनुसंधानको लागि बरामद लागू औषध ब्राउन सुगर सहित जिल्ला प्रहरी कार्यालय बाँके पठाईएको लागू औषध अनुसंधान ब्युरो शाखा कार्यालय नेपालगन्ज निकट स्रोतले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय बाँकेका सह प्रवक्ता तथा मुद्दाफाँटका ईन्चार्ज प्रहरी निरिक्षक रणबहादुर विष्टले राईका साथबाट ८९ ग्राम ब्राउन सुगर बरामद भएको र उनीमाथि लागू औषध कारोबार ऐन अन्तरगत अनुसंन्धान र कारहवाही हुने बताए ।

  • १३ कार्तिक २०७५, मंगलवार १९:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित