मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सरकार आर्थिक क्रान्तिकालागि बाधक नेपाली काँग्रेस का सह–महामन्त्री डा. प्रकाश शरण महत
  • मार्गरेखा संवाददाता

  • नेपाली काङ्ग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतले बर्तमान सरकार अधिनायकवादी चरित्रको भएको टिप्पणी गरेका छन् ।

    नेपाल प्रेस यूनियन बाँकेले मङ्गलबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा सह महामन्त्री महतले सरकारले कानुनी शासनलाई लत्याएको आरोप लागए । ब्यक्तिगत सम्बन्धका आधारमा ब्यक्तिगत चाहनालाई केन्द्रबिन्दुमा राखेर यो सरकार अगाडी बढेको हुदा नेपालमा स्वस्फुर्त रुपमा कानुनका आधारमा लगानी बृद्धि हुने परिबेसलाई निषेध गरेको बताए । महतले बिभिन्न खालका हत्य र बलत्कारका घटनाहरु घटेका छन त्यसले गर्दा पनि यो सरकारको नकारात्मक प्रभाब पारेका बताए । जसले गर्दा स्वदेशि लगानीकर्ताहरु पनि आफ्नै देशमा उद्योगधन्दा खोल्नका लागी त्रसित भएको बताए । जसले गर्दा अबको आर्थिक क्रान्ति नेपाली कांग्रेसले गर्ने बताए । जसकालागि नेपाली कांग्रेसले स्थानिय स्तर देखि नै आर्थिक संम्भाब्यताका लागी अध्यन र सुझाब संलन गरिरहेको बताए ।प्रहरी, प्रशासन, न्यायलय लगायतका राज्यका निकायमा सरकारको छायाँ देखिएको भन्दै महतले  निजी क्षेत्रलाई आप्mना सर्त मान्न बाध्य पारिएको टिप्पणी समेत गरे। प्रेस यूनियन बाँकेका सचिव अर्जुन वलीको अध्यक्षता र सदस्य विजय मल्लको संचालनमा भएको कार्यक्रममा पुर्बमन्त्री एनपी साउद, बाँके काग्रेस सभापति किरण कोइराला, प्रदेश सांसद याकुब अन्सारी लगायत उपस्थित थिए ।

  • १३ कार्तिक २०७५, मंगलवार १९:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित