दाङ १५ कात्तिक ।।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नम्वर ५ का अध्यक्ष गुण निधि तिवारिले सरकार र निजीक्षेत्र बिच सहकार्य भए मात्रै देशमा बिकास हुने दावि गर्नु भएको छ । आज बिहिवार रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले आयोजना गरेको साक्षात्कारमा बोल्दै तिवारिले सरकार एक्लै हिडन खोजे बिकास नहुने बिचार ब्यक्त गर्नु भयो । तिवारिले सरकार र निजी क्षेत्र बिच सहकार्य गरेर अगाडि वढे नेपाल आर्थिक रुपमा चाडै नै समृद्ध बन्ने ठोकुवा गर्नुभयो । वर्तमान सरकारले निजी क्षेत्रलाई संगसंगै अगाडि हिडाउन सके समृद्ध देश वन्ने तिवारिको भनाई रहेको थियो । रिपोर्टर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कारमा बोल्दै तिवारिले सरकारका तिनै तहले निजी क्षेत्रलाई साथमा लिएर अगाडि वढनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नु भयो अव देशमा आर्थिक बिकासको पालो आएको भन्दै निजी क्षेत्रले सरकारलाई सहयोग गर्न तप्पर रहेको समेत बताउनु भयो । मुलुकमा स्थानिय निकाय नहुदा उद्योग बाणिज्य संघहरुले खेलेको भुमिकाको सवैले मुल्याङकन गरेको भन्दै आगामि दिनमा अझै शसक्त ढगले अगाडि वढने बताउनु भयो । तिवारिले विदेशमा देखेको कुरालाई नेपालमा प्रयोगमा ल्याउन सवैले भुमिका निर्वाह गर्नु पर्ने समेत बताउनु भयो ।
त्यसैगरि कार्यक्रममा बोल्दै तिवारिले हाल उद्योग बाणिज्य संघमा केहि वेमेलको स्थीति उत्पन्न हुदा देशै भर चेम्वर अफ कर्मस खुलेको भन्दै चाडै नै दुवै बिच सहमति भई एक हुने दावि पनी गर्नु भयो । संघ भित्र उत्पन्न बिवादको अन्त्यका लागी पहल भै रहेको भन्दै संघ र चेम्वर एउटै भएर अगाडि वढने बताउनुभयो ।
कार्यक्रमको सहजीकरण क्लवका महासचिव बिमल गौतमले गर्नु भएको थियो ।
यसैविच प्रदेश अध्यक्ष तिवारि सहित प्रदेश नम्वर ५ का विभिन्न उद्योग बाणिज्य संघका अध्यक्ष एवम प्रतिनिधिहरुलाई तुलसीपुर उद्योग बाणिज्य संघले स्वागत गरेको छ । संघका कार्यवाहक अध्यक्ष राम प्रसाद चालिसेको अध्यक्षतामा भएको स्वागत कार्यक्रमको संचालन महासचिव रुप बहादुर खत्रिले गर्नु भएको थियो ।