मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली चेली विश्व रेकर्डका लागि १२६ घन्टा नृत्य गर्दै
  • मार्गरेखा संवाददाता

  • विश्व रेकर्ड कायम गर्न धनकुटाकी बन्दना नेपाल तीन दिनदेखि लगातार नाचिरहेकी छिन् । उनी सबैभन्दा लामो समय नृत्य गरेर रेकर्ड राख्ने प्रयासमा छिन् । १७ वर्षीय नेपाल गत ७ मंसिरको बिहान ९ बजेदेखि काठमाडौस्थित बिग फुडल्यान्डमा नृत्य गरिरहेकी हुन् ।

    बाल्यकालदेखि नै नृत्य गर्न रुचाउने बन्दनाले भारतबाट समेत नृत्य प्रशिक्षण लिइसकेकी छिन् । हाल उनी चेल्सी इन्टरनेसनल कलेजमा उच्चमावि तहमा अध्ययनरत छिन् । नेपालको कला संस्कृतिलाई विश्वसामु चिनाउन बन्दनाले सबैभन्दा लामो समय नृत्य गरेर विश्व रेकर्ड राख्न चाहेको बन्दना नेपाल फाउन्डेसनका संयोजक सन्तोष लामाले बताए ।

    भारतस्थित केरालाकी कला मण्डलम् हेमलथाले १ सय २३ घन्टा १६ मिनेट नृत्य गरेर विश्व रेकर्ड कायम गरेकी छिन् । उनले २०१६ मा सो रेकर्ड राखेकी हुन्

  • १० मंसिर २०७५, सोमबार ११:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित