मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अत्याधुनिक “कोहलपुर जिम हाउस” सञ्चालन
  • मार्गरेखा संवाददाता

  • कोहलपुर नगरपालिकामा अहिलेसम्मको अत्याधुनिक र ठुलो लगानीमा जिम क्लब सञ्चालनमा आएको छ । कोहलपुरका ३ जना यु्वाहरुले संयुक्त रुपमा ८० लाख लगानी गर्दै अहिलेसम्मकै ठुलो लगानीमा अत्याधुनिक जिम क्लब संचालनमा ल्याएका हुन् । शोमबार कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत र उप–प्रमुख सञ्जु कुमारी थारुले संयुक्त रुपमा विधिवत रुपमा समुद्घाटन गरेपछि सोमबार बाटै क्लबले सेवा प्रारम्भ गरेको छ । कोहलपुरका तीन युवा व्यवसायी काली बहादुर वली, दिपक वली र चक्र बहादुर खड्काले कोहलपुर क्षेत्रमा युवाहरु मत्र नभई नगरवासीको चाहना र माग बमोजिम जोखिम मोलेर लगानी गरेको सञ्चालक दिपक वलीले बताए ।

    क्लबमा महिला र पुरुषका दुवैका लागि आवश्यक पर्ने सबै अत्याधुनिक प्रविधी सहितका फिटनेस सामाग्री उपलब्ध रहेको वलीले बताए ।
    क्लबको उद्घाटन गर्दै नगर प्रमुख रावतले नगर क्षेत्रमा युवा युवतीहरु कुलत तथा लागुऔषधको अम्मली बन्दै गइरहेको अवस्थामा यस्ता क्लबहरुले युवाहरुलाई स्वस्थ्य र अनुशासनको मार्गमा हिडाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले मानिसहरु पछिल्लो समयमा विभिन्न रोगको सिकार बन्दै गइरहेको अवस्थामा ब्यायामबाट पनि धेरै शारिरीक समस्याहरु समाधान गर्न सकिने भएकाले यस्ता जिम क्लबहरुको बढ्दै गएको बताए ।

    उनले युवा मात्र नभई सबै उमेर समूहका व्यक्तिहरुलाई समेत स्वस्थ्य र स्वच्छ राख्न क्लब सफल हुने विश्वास व्यक्त गरे । उद्घाटन कार्यक्रममा नगरपालिका उप–प्रमुख सञ्चजु चौधरी, कोहलपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष निम बहादुर चलाउने, कोहलपु उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश बहादुर सिंह लगाएतको उपस्थिती रहेको थियो ।

  • १० मंसिर २०७५, सोमबार १८:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित