मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लैङ्गिक हिंसा विरुद्धको अन्तिम दिन वृहत ¥यालि तथा रक्तदान
  • मार्गरेखा संवाददाता

  • ‘लैगिंक हिंसा र दूव्र्यवहारः छैन हामीलाई स्वीकार’ भन्ने नारा सहित यस वर्षको लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिन विभिन्न कार्यक्रम गरी मनाइदै छ । सरकारले यो अभियानलाई भव्य रुपमा मनाउन ७ वटै प्रदेश, ७७ वटा जिल्ला समन्वय समिति र ७ सय ५३ वटै स्थानीय तहलाई आह्वान गरेको थियो ।

    अभियानको अन्तिम दिन कोहलपुरमा ¥याली सहित वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कोहलपुर नगरपालिका महिला विकास शाखाको आयोजनामा सहजिकरण गरिएको प्रभातफेरीमा विभिन्न सामाजिक संस्था, नागरीक समाज, सुरक्षा निकायका प्रतिनिधी एव्म जनप्रतिनिधीहरुले लैङ्गिक हिंसा विरोधी प्ले कार्ड तथा हिंसा विरोधी नारा लगाउँदै ¥यालीमा सहभागिता जनाएका थिए । कोहलपुर चौराहाबाट शुरु भएको ¥यालीले नगर परिक्रममा गर्दै पुनः कोहलपुर चौराहामा पुगेर सभामा परिणत भएको थियो । ¥याली पछिको सभालाई सम्बोधन गर्दै कोहलपुर नगरपालिका उप–प्रमुख सञ्जु कुमारी चौधरीले नेपाल सरकारको निर्णय अनुसार यस वर्षको १६ दिने अभियानका क्रममा हरेक दिन विविध कार्यक्रम गरी अभियान जारी राखेको बताइन् । उनले विशेष गरी सचेतनामूलक कार्यक्रमलाई जोड दिँदै वडास्तरमा अन्तरक्रिया, छलफल तथा हिंसा न्यूनिकरणमा हरेक नागरीकलाई सहभागि गराउन र हिंसाको शिकार भएको अवस्थामा अपनाउनुपर्ने कानुनी उपचारका विषयमा सचेतना फैलाउन रेडियोहरुमा बिज्ञ तथा अधिकारकर्मीसँगको अन्तरवार्ताहरु प्रशारण गरेको बताइन् ।

    घरबाटै हिंसा न्यूनिकरण गर्न सके समाज र मुलुकमा हिंसाका घटनाहरुमा कमी आउने भन्दै उप–प्रमुख चौधरीले हिंसा न्यूनिकरणका लागि घरबाटै परिवारका सदस्यहरुले सकारात्मक कदम चाल्न आग्रह गरिन् । अभियानको अन्तिम दिन आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा पहिलोपटक उप–प्रमुखले रक्तदान गरेकी छिन् । रगत अभावमा कोही व्यक्तिले अकालमै ज्यान गुमाउन नपरोस र रक्त सञ्चार केन्द्रमा रगत अभावको परिपूर्तीमा मद्दत पुग्ने विश्वास लिँदै जीवनमा पहिलो पटक रक्तदान गरेको उप प्रमुख थारुको भनाई छ ।
    प्रदेश सभा सदस्य कृष्णा के.सी. नमुनाले उद्घाटन गरेको उक्त रक्तदान कार्यक्रममा महिलाहरुले उल्लेख्य मात्रामा रक्तदान गरेको रक्तदान कार्यक्रमकी संयोजक तथा कोहलपुर नगर कार्यपालिकाकी सदस्य कल्पना अधिकारीले जानकारी दिईन ।

    यसैबिच दिवसको अन्तिम दिन आज कोहलपुर चौराहमा दिपपप्रज्वलन गरिने भएको छ । सोमबार बेलुकी ५ बजे दिप प्रजवलन गर्ने कार्यक्रम रहेको कोहलपुर नगरपालिकाकी उपप्रमुख चौधरीले जानकारी दिईन ।

  • २४ मंसिर २०७५, सोमबार १५:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित