मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको खजुरा गाउँपालिकाले मोबाईल एप्स् सेवा सञ्चालन
  • मार्गरेखा संवाददाता

  • खजुरा गाउँपालिकाले आफ्नो मोबाईल एप्स् सेवा सञ्चालनमा ल्याएको छ । घरमै बसेर पनि गाउँपालिकाले प्रबाह गर्ने सेवा बारे बुझ्न सकिने गरी मोबाईल एप्स् सञ्चालनमा ल्याएको हो । एन्ड्रोइड मोबाईलको प्लेस्टोर एप्लीकेशनमा गएर खजुरा मुनिसिपालिटी टाइप गरी इन्स्टल गरी हेर्न सकिने खजुरा गाउँपालिकाका सूचना प्रबिधि अधिकृत सुरेश साहुले जानकारी दिए । मोबाईल एप्लिकेशनको एक कार्यक्रमका बीच खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले बिधिवत रुपमा उद्घाटन गरे । उनले सूचना तथा जानकारी र सेवा हेर्न सकिने गरी मोबाईल एप्स् सञ्चालनमा ल्याएको बताए । एप्स्बाट हाम्रो बारेमा, सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडा बिबरण, महत्वपूर्ण स्थानहरुको जानकारी र आपतकालिन नंम्बर उपलब्ध हुने प्रमुख कक्षपतिले बताए । गाउँपालिकाले दिने सेवा प्रबाहलाई अझ प्रभावकारी बनाउन मोबाईल एप्स्ले टेवा पुग्नेमा प्रमुख कक्षपतिले विश्वास ब्यक्त गरे । यसअघि खजुरा गाउँपालिकाले ब्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा प्रणालीलाई अनलाईन मार्फत संचालन मार्फत सञ्चालनमा ल्याई सकेको छ । खजुरा गाउँपालिकाले जनताले पाउने सेवा सुबिधाको सूचना प्रबिधिबाटै जानकारी दिने उद्देश्यले मोबाईल एप्स् सञ्चालनमा ल्याएको जनाएको छ ।

  • ४ पुष २०७५, बुधबार १०:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित