मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आर्थिक अनियमितताका विषयमा विवाद चुलिदैं
  • मार्गरेखा संवाददाता

  • बहुमतको दम्भमा आप्mना प्रस्तावहरु पुरै लत्याउँदै आर्थिक अनियमिततामालाई बढावा दिइरहेको आरोप लगाउँदै बोर्ड वैठक बहिष्कार गर्दै आइरहेका कोहलपुर नगरपालिकाका काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीले कठोर निर्णय लिन सक्ने चेतावनी दिएका छन् ।
    कोहलपुर नगरपालिकामा आर्थिक पारदर्शिताका लागि नगरपालिकाले तत्काल सार्वजनिक लेखा समिति गठन गर्नुपर्ने भन्दै नेपाली काँग्र्रेसबाट निर्वाचित जनप्र्रतिनिधिहरुले गरेको अनुरोध अब पनि व्यवास्ता गरेपछि कठोर निर्णय लिन सक्ने चेतावनी दिएका हुन् ।
    कोहलपुर नगरपालिका उप–प्रमुख सञ्जु कुमारी थारुले पत्रकार सम्मेलनमार्फत स्थानिय निर्वाचनबाट निर्वाचित भएर आउँदा जुन उत्साह थियो काम गर्ने पछिल्लो समयमा बहुमतको दम्भमा नेकपा सम्बद्व जनप्रतिनिधीहरुको गलत क्रियाकलापबाट जनताको चाहना र मागहरुलाई सम्बोधन गर्न गाह्रो भइरहेको बताइन् । उनले नगरपालिकालाई राजनिितक दलको कार्यालयजस्तै बनाउने प्रयास नेकपा सम्बद्व कार्यपालिका सदस्यहरुबाट भइरहेको आरोप लगाइन् ।
    पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेसबाट निर्वाचित उपमेयर थारु सहित ७ जना वडा अध्यक्षहरुले कोहलपुर नगरपालिकाको ७ करोड ्र९८ लाख ्र५५ हजारको प्रशासनिक बजेट र २० लाखको वित्तिय व्यवस्थापन तथा सुशानको बजेट पारदर्शि हुनुपर्ने भन्दै तत्काल सार्व्रजनिक लेखा समिति गठन गर्न मेयर लुट बहादुर रावतलाई अनुरोध गरेका छन् । कोहलपुर नगरपालिका भित्र आर्थिक पारादर्शि हुनुपर्ने भन्दै पटक पटक ध्यानाकर्षण गर्दा पनि मेयरले कुनै जवाफ नदिएको उपमेयर थारुले पत्रकार सम्मेलनमा जानकारी दिएकी छिन् । उनले‘स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय सरकारको प्रभावकारी कार्य सम्पादनका लागि कार्य प्रणाली व्यवस्थापन गर्न केही समिति तथा आवश्यक परे उपसमिति गठन गर्न भनेको कुरालाई समेत बेवास्ता गरी अपारदर्शी ढंगले अघि बढिएकाले कांग्रेस सम्बद्ध कार्यपालिका सदस्यले लेखा समिति गठन नगर्दासम्म अन्य कुनै प्रस्ताबमा छलफल नगर्ने अडान लिएर असहमति जनाएको बताएकी छिन । उपमेयर थारुले लेखा समिति नहुँदा सामाजिक परिक्षण हुन नसकेको, आर्थिक सुशासन कायम नभएको, आर्थिक गतिविधि पारदर्शी नभएको बताइन् ।
    बडा नं १० का अध्यक्ष निरज चलाउनेले मेयर लुट बहादुर रावतले अश र बंशका आधारमा कोहलपुर नगरपालिकालाई चलाउन खोजेको आरोप लगाउदै अव आफुहरु ससक्त प्रतिपक्षको भुमिकामा आउने चेतावनी दिए । नगर सभामा प्रतिनिधीत्व गर्ने कुल सदस्य संख्याको ३३ प्रतिशत सदस्यको हस्ताक्षरमा विशेष नगर सभा बोलाउन सक्ने कानुनी प्रवाधान अनुसार ३४.५ प्रतिशत सदस्यहरुले हस्ताक्षर सहित नगर प्रमुखलाई विशेष नगर सभा आयोजना गर्न माग गरेपनि नगर प्रमुखले विशेष नगरसभा बोलाउन नचाहेको कार्यपालिका सदस्य तथा कोहलपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष चलाउनेले बताए ।

  • ४ पुष २०७५, बुधबार १४:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित