मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको जानकी गाउँपालिकाले उपचारबाट बञ्चित शारीरिक अपाङ्गता भएका बालबालिकालाई उपचारमा गर्ने भएको छ
  • मार्गरेखा संवाददाता

  • प्रत्येक वर्ष कम्तीमा १२ जना बालबालिकालाई उपचार गर्ने गरी अपाङ्ग उपचार कोष खडा गर्ने नीतिगत व्यवस्था गर्न लागिएको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताउनु भयो ।

    उहाँले प्रत्येक वर्ष औषधि उपचारका नाममा व्यक्ति पिच्छे सहयोग गरेर समस्या समाधान नहुने भएकोले शारीरिक अपाङ्ता भएका बालबालिकाको उपचार गर्ने अस्पतालसँग समन्वय गरेर आवश्यक सहयोग गर्ने नीति लिईएको जानकारी दिनुभयो ।

    शारीरिक अपाङ्गता भएका व्यक्तिको अभिभावक हुनु राज्यको जिम्मेवारी भएकोले त्यस्ता व्यक्तिहरुलाई उपचारमा सहयोग गरेर जिविकोपार्जन गराउनतर्फ गाउँपालिका लागेको अध्यक्ष यादवको भनाई छ ।

    गाउँपालिकाले आज आयोजना गरेको अपाङ्गता व्यवस्थापनमा जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा उहाँले गाउँपालिकाका सबै जनप्रतिनिधिलाई आ–आफ्ना वडा तथा टोलमा रहेका शारीरिक अपाङगता भएका व्यक्तिलाई उपचार प्रक्रियामा ल्याउन सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

    अपाङ्ग बाल अस्पताल तथा क्षेत्रीय पुनस्र्थापना केन्द्र नेपालगन्ज र प्लान इन्टरनेशनल नेपाल पिल्ड अफिस नेपालगन्जसँगको सहकार्यमा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धितालले भौतिक पूर्वाधारसँगै अव सामाजिक विकासमा समेत जनप्रतिनिधि अग्रसर हुनुपर्ने कुरामा जोड दिनुभयो ।

    अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रको तथ्याङ्क अनुसार, जानकी गाउँपालिकामा २ सय २८ जना शारीरिक अपाङ्गता भएका बालबालिका रहेकोमा जम्मा ३५ जना मात्रै उपचारको लागि सम्पर्कमा आएका छन् ।
    ती मध्ये ६ जना उपचारपछि घर फर्केका छन् भने २९ जना उपचाररत रहेको र १ सय ९३ जना बालबालिका उपचारबाट बञ्चित रहेको केन्द्रका निर्देशक विकासमान सिंहले जानकारी दिनुभयो ।

    तथ्याङ्क विभागको जनगणना २०६८ अनुसार जानकी गाउँपालिकाको जनसङ्ख्या ३७ हजार ८ सय ३९ रहेकोमा अहिले वृद्धि भएर ५० हजार ६ सय ६८ जना रहेको छ । प्रत्येक सय जनामा २ जना कुनै न कुनै रुपमा शारीरिक अपाङ्ग हुने औषतका आधारमा जानकी गाउँपालिकामा २ सय २८ जना शारीरिक अपाङ्गता भएका बालबालिका रहेको अनुमान गरिएको हो ।

    कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारले शारीरिक अपाङ्ता भएका व्यक्तिको उपचारको लागि नीतिगत रुपमा बजेट छुट्याएर आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताउनु भयो । जानकी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष विश्रामकुमार वर्मा, स्वास्थ्य शाखा संयोजक गिरबहादुर गुरुङ, सह संयोजक दलबहादुर राना, सिनियर अहेव प्रकाश गौतम लगायतले शारीरिक अपाङ्ता भएका व्यक्तिको उपचारको लागि सबै जिम्मेवार तरिकाले लाग्नु पर्ने बताउनु भयो ।

  • ५ पुष २०७५, बिहीबार १०:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित