मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राजापुर नगरपालिका वडा नम्वर १० का वडासदस्य उत्तम चौधरी २ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ
  • मार्गरेखा संवाददाता

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाँकेको टोलीले २ लाख ५० हजार रुपैयाँ घुससहित वडासदस्यलाई पक्राउ गरेको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्वर १० का वडासदस्य उत्तम चौधरीलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।

    क्रसर उद्योग सिफारिश गर्न सहयोग दिलाइदिने भन्दै चौधरीले घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरका कार्यालय प्रमुख गणेश गैरेले जानकारी दिए।

    कोठियाघाट नजिकै रहेको इच्छा होटलमा रकम लेनदेन भइरहेको अवस्थामा हामीले पक्राउ गरेका हांै उनले भने । बिहीबार बेलुकी पक्राउ गरिएका चौधरीलाई अख्तियारको हिरासतमा राखिएको र शुक्रबार नै अदालत लैजाने तयारी भएको गैरेले जानकारी दिएका छन् ।

  • १३ पुष २०७५, शुक्रबार १३:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित