मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेसकाे अनुशासन समितिलाई पूर्णता, निर्वाचन समिति गठन
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनुशासन समितिलाई पूर्णता दिएको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले रिक्त रहेको पदमा दुई जनाको नाम थप गर्दै अनुशासन समितिलाई पूर्णता दिएको हो ।

    बैठकले पाँच सदस्यीय अनुशासन समितिमा उमाकान्त चौधरी र धनराज गुरुङलाई चयन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले सोमबार भीष्मराज आङदम्बेको अध्यक्षमा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर सदस्य रहेको समिति गठन गरेको थियो ।उक्त समितिमा सदस्य रहने गरी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नाम सिफारिश गर्न आग्रह गरेका थिए । नेता पौडेलले सिफारिश गरेका नामहरु केन्द्रीय समिति बैठकले सर्वसम्मत अनुमोदन गरेको प्रवक्रा शर्माले जानकारी दिए ।

    बैठकले राधेश्याम अधिकारीको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ । प्रवक्रा शर्माका अनुसार समितिमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती। सीताराम केसी र टेकराज पौडेल सदस्य रहेका छन् ।

    बैठकले नेता रमेश लेखकको संयोजकत्वमा पार्टी नियमावली मस्यौदा समिति पनि गठन गरेको छ । समितिमा मीनबहादुर विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेललाई सदस्यमा चयन गरिएको शर्माले बताए

  • ५ चैत्र २०७५, मंगलवार २२:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित