मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नरैनापुरको नवनिर्मित इलाका प्रहरी भवनको उद्घाटन
  • मार्गरेखा संवाददाता

  • नरैनापुर(बाँके), चैत्र ६ । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ५ भगवानपुर स्थित इलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको आज(बुधबार) उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नवनिर्मित ४ कोठे भवनको उद्घाटन गर्नुभयो । गाउँपालिकाको २० लाख आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो । इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरिक्षक विरेन्द्रबीर विश्वकर्माको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत, वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार मौर्य, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारु, नेपाली कांग्रेसका नेता रामचन्द्र मौर्य, महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक पेशकार सिंह लगायतले बोल्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष शाहले गाउँपालिकाको शान्ति सुरक्षाका लागि स्थापित इलाका प्रहरी कार्यालयको भौतिक पूर्वाधार विकासका लागि गाउँपालिकाले आगामी बर्षमा पनि सहयोग गर्दै जाने बताउनुभयो । नरैनापुर गाउँपालिकाका सबै वडा र राप्तीसोनारी गाउँपालिकाका ६ र ७ नम्बर वडा इलाका प्रहरी कार्यालय भगवानपुरको कार्यक्षेत्र हो ।

  • ७ चैत्र २०७५, बिहीबार ०६:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित