मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

संघीयता र गणतन्त्र लाई संस्थागत गर्न लाग्नुपर्ने कांग्रेस महामन्त्री डा.शशांक कोइराला
  • मार्गरेखा संवाददाता

  • कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले संघीयता र गणतन्त्र राजनैतिक उपलब्धि भएकाले यसलाई संस्थागत गर्न लाग्नुपर्ने बताएका छन्। आफूले संघीयता र गणतन्त्रका बारेमा जनमत संग्रह गर्नुपर्ने कुरा नभनेको प्रष्टिकरण दिएका छन्।

    नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले संविधानमा उल्लेख गरिएको विषय संस्थागत गर्न सबै शक्ति लाग्नुपर्नेमा जोड दिए।‘गणतन्त्र र संघीयता हाम्रो उपलब्धि हो। यसमा जनमतमा जानुपर्ने आवश्यकता छैन’, डा.कोइरालाले भने, ‘संविधानमै लेखेका छौं। यसविरुद्ध जान सकिदैन।’
    उनले धर्म स्वतन्त्र हुनुपर्ने कुरामा जोड दिए। कांग्रेसको सिद्धान्तमा धार्मिक स्वतन्त्रता रहेको भन्दै यसका लागि पार्टीमा कुरा चलेको बताए। ‘हाम्रो पार्टीको बटमलाइन भनेको धर्मको स्वतन्त्र हो’, उनले भने, ‘ कांग्रेसको चारतारे झण्डाको एउटा तारा धार्मिक स्वन्तत्रता हो।’
    उनले विप्लव नेतृत्वको माओवादीसँग तत्काल वार्ता प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरे। विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाएर सरकारले गलत कदम चालेको भन्दै वार्ताबाट समस्या समाधान गर्न आग्रह गरे। ‘तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वमा १६ हजार मानिस मारिँदा उसलाई वार्ताका माध्यमबाट शान्तिप्रक्रियामा ल्याइएको हो’, उनले स्मरण गर्दै भने, ‘उनीहरूलाई वार्ताको टेबलमा ल्याएर समाधान गर्नुपर्छ। झन् द्वन्द्व बढाउनु हुँदैन।’
    कोइरालाले सरकारको एक वर्षे उपलब्धि शुन्य भएको जिकिर गरे। ‘हामी सरकारमा भएको भए उनीहरू बन्द हड्ताल गर्थे’, उनले भने, ‘तर हामी त्यसरी होइन वैचारिक लडाइ लडेका छौं।’
  • ८ चैत्र २०७५, शुक्रबार ०८:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित