मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे डुडुवाका छ हजार जनताले किटनाशकयुक्त झुल पाए
  • मार्गरेखा संवाददाता

  • डुडुवा बाँके ९ चैत । बाँकेको डुडुवा गाउँपालिका वार्ड नंं २ बेतहनीका स्थानीयलाई किटनाशकयुक्त झुल वितरण गरिएको छ । वडा नंं. २ बेतहनी अन्र्तगतका विभिन्न गाउँका गरि करिब ६ हजार १० जना परिवारलाई झुल वितरण गरिएको हो ।
    बेतहनी स्वास्थ्य चौकीमा आज आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीयलाई झुल प्रदान गरि शुभारम्भ गर्दै डुडुवा क्षेत्रका नागरिकमा अशिक्षा, सचेतनाको अभावले स्वास्थ्य भएको बताउनुभयो । उहाँले यो क्षेत्र औलोको उच्च जोखिम भएकाले यो झुलले रोग लाग्नबाट बचाउनमा सहयोग पुरयाउने भन्दै गाउँपालिकाले समेत स्वास्थ्य सेवा अभियान संचालन गरिरहेको बताउनुभयो ।
    नेपाल सरकार, सेभ द चिल्ड्रेन र लाइफलाईन नेपालको सयुक्त सहयोगमा २ नं. वडा कार्यालयको संयोजनमा उक्त झुल वितरण गरिएको वडाध्यक्ष गजेन्द्र कैराँतीले बताउनुभयो । वितरण कार्यक्रममा वडाध्यक्ष गजेन्द्र कैराँती, कार्यपालिका सदस्य लिलावती यादव, वडासदस्य रेखादेवी खटिक लगायतको उपस्थिती रहेको थियो ।
    बाँके जिल्लाको डुडुवा ३ र बैजनाथ गाउँपालिकाको वार्ड नं. १, २ र ३ औलोको उच्च जोखिममा रहेकाले सो बाट बच्नका लागि किटनाशकयुक्त झुल वितरण गरिएको लाइफ लाईनका फिल्ड अफिसर रवि पाठकले बताउनुभयो । ५ वर्षभन्दा माथीको उमेरका दुई जना बराबर एक वटाका दरले झुल वितरण गरिएको छ ।

  • ९ चैत्र २०७५, शनिबार १८:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित