मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बहुमतकै आधारमा नगरपालिकाभित्र नैतिक अनियमितता हुँदै आएको काेहलपुर नगरपालिका कार्यवाहक मेयर सन्जु कुमारी थारु
  • मार्गरेखा संवाददाता

  • कोहलपुर नगरपालिकामा व्यापक ब्यतिथि मौलाएको कार्यवाहक मेयर सन्जु कुमारी थारुले बताएकी छन । शनिबार कोहलपुरमा पत्रकार सम्मेलन गर्दै कार्यवाहक मेयर थारुले नगरपालिकामा राजनिति हावी भएको दावी गरेकी हुन ।
    अल्पमतमा रहेकै कारण आफुहरुलाई वेवास्ता गर्ने गरीएको थारुले बताईन । ‘बहुमतकै आधारमा नगरपालिकाभित्र नैतिक अनियमितता हुँदै आएको छ’ कार्यवाहक मेयर समेत रहेकी थारुले भनिन, ‘विषयगत बजेट विनियोजन हुन नपाउँदै प्रशासकीय खर्चबाट रकमान्तर गर्ने क्रम बढ्दै गएको छ, यो नै अनियमितताको ज्वलन्त उदाहरण हो ।
    गत फागुन १६ गते बसेको नगरकार्यपालिकाको १४ औं बैठकमा भए/गरेका निर्णयहरुमा समेत छेडछाड गरिएको थारुले बताईन । बैठकमा २९ वटा प्रस्तावहरुमाथी छलफल गरी निर्णायार्थ पेश गरिएकोमा आफुहरुको जानकारी बिनानै १० वटा निर्णयहरु थप गरिएको थारुले दाबी गरिन । ‘कार्यपालिकाको बैठकमा २९ वटा निर्णयहरुमाथी छलफल गरिएको थियो, पछि १० वटा विषयहरु थपिएछ’ थारुले भनिन ‘त्यसका बारेमा हामीले नोट अफ डिसेन्ट लेखेका छौं ।’

     

    एक अलग प्रशङ्गमा बोल्दै उपमेयर थारुले मेयर भन्दा उपमेयरको जिम्मेवारी बढि भएको जिकीर गरेकी छन । नगरपालिकाबाट संचालन हुने योजनाहरुको अनुगमन गर्ने जिम्मेवारी उपमेयरको भएकाले सो कार्यकालागि गाडी प्रयोग गर्दा ईन्धन खर्च बढि आएको थारुले स्पष्टिकरण दिएकी छन । ‘मेयरको भन्दा बढि जिम्मेवारी भएकाले मैले चढ्ने गरेको गाडीमा बढि ईन्धन खर्च भएको हुनसक्छ’, उपमेयर थारुले भनिन, ‘मैले चढ्ने गरेको गाडी नगरपालिका कर्मचारी र पाहुनाका साथै नगरसभा सदस्यहरुले समेत प्रयोग गर्दै आउनुभएको छ ।’ साथै थारुले स्वकिय सचिव समेत फिर्ता गरेको जानकारी दिएकी छन ।

    नगरपालिकामा सार्वजनिक खरिद ऐन विपरीतका गतिविधिहरु समेत संचालन हुने गरेको कोहलपुर नगरपालिका वडा नं. १० का वडाअध्यक्ष निम बहादुर चलाउनेले बताए । ‘कतिपय सामग्रीहरु सार्वजनिक खरिद ऐन विपरित खरिद गरिएको छ’ चलाउनेले भने, ‘कृषि शाखाले शिव शिखर एग्रोभेट प्रा।लि। बाट टेण्डर प्रक्रिया मिचेर सोझै ९ लाख ३० हजार मुल्य बराबरका कृषी यन्त्रहरु खरिद गरिएको छ, यसमा हामीले आपत्ती जनाएका छौं ।

     

  • ९ चैत्र २०७५, शनिबार २१:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित