मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बहुप्रतिक्षित भिआइपि प्यारापिट जडानको काम सुरु
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, १२ चैत ।
    आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बहुप्रतिक्षित भिआइपि प्यारापिट जडानको काम मंगलवारबाट सुरु भएको छ । सोमबार साँझ नेपालगन्ज रङ्गशालामा आइपुगेको उक्त प्यारापिट एकहप्ता भित्र निर्माण सम्पन्न गर्ने गरी जडानको काम भइरहेको छ ।
    चाइनाबाट सिंगापुर, मलेसिया, भारत हुँदै नेपालगञ्ज रंगशाला आइपुगेको भिआइपि प्यारापिट जडानको काम चाइनिज इन्जिनियरले गरिरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए । डिजाइन अनुसार, चाइनिज इन्जिनियरले भिआइपी प्यारापिट जडानको काम गरिरहेको बताउँदै उनले छिटो काम सक्न रातदिन काम गर्ने बताए ।
    रंगशालामै खटिएका सदस्य सचिव विष्टले भिआइपी प्यारापिट निर्माणमा चाहिने आवश्यक जनशक्ति र सामग्री इन्जिनियरलाई उपलब्ध गराउन कर्मचारीलाई निर्देशन दिएका छन् । ‘इन्जिनियरलाई जे–जे चाहिन्छ उक्त सामान तत्काल उपलब्ध गराउनुस,’ उनले भने ।
    राखेपका सदस्य सचिव केशवकुमार विष्टले एक हप्ताभित्र जडान सक्ने चाइनिज इन्जिनियरले बचन दिएको बताए । केही दिन रुपइडिहा भन्सारमा रोकिएको भिआइपी प्यारापिटको सामान लिएर आएका आधा दर्जन गाडी सोमवार राती नेपालगन्ज रंगशाला प्रवेश गरेका थिए ।
    आठौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन हुने नेपालगञ्ज रंगशालामा भिआइपी प्यारापिट निर्माण ढिलाईले आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तोक्न ढिलाई भएको छ । दुई वर्षमै राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न सदस्य सचिव विष्ट सँगै प्रदेश नं. ५ का खेलप्रेमीहरु चैत्र महिनामै आठौँको उद्घाटन गर्ने तयारीमा छन् । चैतको अन्तिममा भएपनि आठाँैको उद्घाटन गर्ने राखेपको योजना छ ।
    चैत २७ गते राष्ट्रपतिबाट औपचारिक रुपमा उद्घाटन हुने आठौँको टिम गेम २२ गतेदेखि गर्ने राखेपको तयारी गरेको छ । ‘आठौँ २०४२ सालपछिको ऐतिहासिक उपलब्धी हुनेछ’ सदस्य सचिव विष्टले भने । अहिले सवा अर्ब बढीको पूर्वाधार बनेको छ । आठांैले नेपालगञ्जलाई पूर्वाधारयुक्त शहर बनाइदिएकोमा नेपालगन्जबासी खुशी भएका छन् ।

     

  • १२ चैत्र २०७५, मंगलवार १८:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित