मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

वन व्यवस्थापन नहुँदा वन डढेलोको घटना बढ्दै
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,चैत, १३ वन व्यवस्थापन नहुँदा वन डढेलोको घटना बढ्दै गएको डिभिजन वन कार्यालयका प्रमुख कोमल राज काफ्लेले वताएका छन् । सामुदायीक वनलाई नियमित सरसफाइ गर्ने, अग्नि रेखा नियमित बनाउनाले मात्रै वन डढेलोलाई न्युनीकरण गर्न सकिने उनले वताए । । डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा बर्दियाको आयोजनामा वन डढेलो विरुद्धको सचेतना कार्यक्रममा उनले यस्तो वताएका हुन कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख कोमल राज काफ्लेले सहजीकरण गरेका हुन् । उनले पछिल्लो समयमा जलवायु परिवर्तको कारणले वन डढेलोका घटनाहरु बढ्दै गएको वताए ।जिल्लाका सामुदायिक वनका पधादिकारीहरु सहभागी भएको सो कार्यक्रममा फेकोफनका केन्द्रिय सदस्य महम्मदकर खाँ, राजनीतिक दलका प्रतिनीधि, सञ्चारकर्मी लगाएतकाको उपस्थीती रहेको थियो । कार्यक्रममा वन डढेलोलाई न्युनीकरण गर्न र बढि क्षती हुनबाट जोगाउनका लागि अपनाउन पर्ने सावधानीका बारेमा छलफल भएको थियो ।

     

  • १३ चैत्र २०७५, बुधबार २१:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित