मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कृष्णसारले दशौ बार्षिकोत्सव मनायाे
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगन्ज १४ चैत । कृष्णसार एफएम ९४ मेगाहर्जको आज दशौं बार्षिकोत्सव, भव्यतापुर्वक मनाइंदैछ । रेडियोले दस वर्ष, दसकौं बलियो उत्साह नाराका साथ दसौं वार्षिकोत्सव मनाइरहेको हो । २०६५ साल चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेटबाट प्रसारण सुरु गरेको कृष्णसार एफएमले आज दस वर्ष पूरा गरेको हो ।
    रेडियोले आज नेपालगन्जमा कृष्णसारका दस वर्ष, अभ्यास र उपलव्धि विषयक सम्बाद कार्यक्रम गरेको छ । कार्यक्रमका सहभागि नेपालगंजका विभिन्न क्षेत्रका अगुवाहरुले यस क्षेत्रकै अग्रणी संचारमाध्यमको रुपमा कृष्णसारले आफ्नो पहिचान बनाएको भन्दै कृष्णसारको समग्र विकासका लागि समुदायको भुमिका महत्वपुर्ण रहेको बताएका थिए ।
    कार्यक्रममा बोल्दै सामुदायिक रेडियो प्रसारक संघका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियो अभियानमा कृष्णसार एफएम रोलमोडेल बनेको बताउंदै सामुदायिक संचार माध्यमका लागि सबैले योगदान पुरयाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकार र स्थानीय तह रेडियो मैत्री बन्नु पर्ने र सोही अनुसारका संचार निति निमार्ण गर्नु पर्ने बताउनु भयो ।
    बरिष्ठ पत्रकार हेमन्त कर्माचार्यले कृष्णसार एफएमले स्थानीय मुद्दा उठानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै संचारमाध्यमले समाज परिवर्तन गर्ने किसिमका सवाललाई प्राथमिकता दिई सिमान्तकृत समुदायको अवाज उठाउनु पर्ने बताउनु भयो । नेपाली काग्रेस बाँकेका सभापति किरण कोइरालाले सिमाका समस्या, समाजका बिकृति र अस्पतालमा शौचालयका सवाललाई उठाउनुपर्ने बताउनुभयो ।
    नेपालगन्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले मिडियाको विकासमा स्थानीय सरकारको दायित्व रहेकाले नेपालगन्जमा संचार निति निमार्णको कार्य शुरु भएको जानकारी दिनु भयो । बांकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आफुले जहिले पनि कृष्णसार एफएम सुन्ने बताउंदै धार्मिक सद्भाव, शान्ति सुरक्षा, बाढी प्रकोप र सुशासन प्रबद्र्धन गर्ने किसिमका सवाललाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिनु भयो ।
    कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरेले कृष्णसार एफएम नेपालगंजको गौरव भएको भन्दै यस्ता मिडियालाई जोगाउने दायित्व सबै नेपालगंजबासीको हुनु पर्ने बताउनु भयो ।
    सम्बाद कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले निजी क्षेत्रका सवाललाई उठान गरि भएका समस्या समाधानमा रेडियोको भमिका महत्वपुर्ण रहेको भन्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ५ का महासचिव भेषराज बस्नेत, बाँके अध्यक्ष ठाकुरसिंह थारु, पत्रकार शंकरप्रसाद खनाल लगायतले स्थानीय विषयवस्तु नै स्थानीय मिडियाको प्राण भन्दै कृष्णसार एफएमले यो काम सफलतापूर्वक गरिरहेको बताउनु भयो ।
    यस्तै राजपाका केन्द्रीय सदस्य केशवराम बर्मा, बरिष्ठ साहित्यकार सनत रेग्मी, बाँकेका प्रहरी प्रमुख अरुण पौडेल, गेरुवा ग्रामिण जागरण संघका अध्यक्ष कृष्णजंग शाह, रेडियोका अभिभावक सदस्य अच्युत प्रसाई, फातिम फाउण्डेशनका मैमुना सिद्दिकी, इन्सेकका सरस्वती मल्ल, नियमित स्रोता कृष्णमुरारी भट्ट, पत्रकारहरु कमल केसी, दुर्गा रोकाय, अमृता केसी लगायतले रेडियोको बारेमा आआफनो धारणा राख्नुभएको थियो ।
    कार्यक्रममा एफएमका कार्यकारी प्रमुख तुला अधिकारीले रेडियोको दश वर्षको अभ्यास र एफएमका प्रमुख कार्यक्रमहरुका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । यस्तै कार्यक्रम संयोजक माधव अधिकारीले कृष्णसार एफएमले प्रसारणमा गरेका कार्यक्रमले समुदायमा पारेको प्रभावका उदाहरणहरु प्रस्तुत गर्नु भएको थियो ।
    रेडियो संचालन गर्ने संस्था समुदायका लागि संचार अभियान नेपालका अध्यक्ष राकेश कुमार मिश्रले रेडियोको आगामी कार्ययोजना बारे जानकारी गराउदै सहभागिहरुलाई धन्यबादसहित समापन गर्नुभएको थियो

  • १४ चैत्र २०७५, बिहीबार २०:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित