मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाको बबई बहुमुखि क्याम्पस सरकारी क्याम्पसमा परिणत।
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,चैत्र,१५। बर्दियाको सदरमुकाम गुलरियामा अवस्थित बबई बहुमुखि क्याम्पस मध्यपश्चिमाञ्चल आँगिग क्याम्पसमा परिणत भएको छ । बिश्व बिध्यालयका उपकुलपति उपेन्द्र कुमार कोईरालाले विधिवत रुपमा उद्घाटन गरेपछि आधिकारीक रुपमा सरकारी क्याम्पस भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै बिश्व बिध्यालयका उपकुलपति उपेन्द्र कुमार कोईरालेलेअन्य कुराभन्दा बिध्यार्थीहरुको गुणस्तरका कुरालाई सवैले जोडदिनुपर्नै वताए । सरकारी क्याम्पसमा हस्तान्तरण भए संगै बर्दियाका बिध्यार्थीलाई आउदो दिनबाट मध्यपश्चिमाञ्चल बिश्व बिध्यालयको बिध्यार्थी हुँभनेर गर्व गर्न सक्ने किसिमको वतावरण सृजना गर्न प्राध्यपकहरुलाई उपकुपति कोईरालाले आग्रह समेत गरे ।आँगिक क्याम्पस भए संगै बिध्यार्थीहरुमा पनि सुविधा बढ्ने भएको छ । सरकारी क्याम्पस भए संगै बिध्यार्थीहरुले तिर्दै आएको महंगो शुल्क बाट पनि रहात पाउने छन् । तिर्दैगरेको गरेको शुल्कमा ४० प्रतिशत शुल्क कम लाग्ने क्याम्पस प्रशासनले वताएको छ ।बर्दिया जिल्ला अन्नकको भण्डार भएको र कृषिको सम्भावना रहेका कारण यस क्याम्पसलाई कृषि क्याम्पसको रुपमा समेत अगाडी बढाईने बबई बहुमुखि क्याम्पसका प्रमुख बिनोद कुमार अग्रवालले वताए । यस्का लागि बिश्वबिध्यालयका पदाधिकारी हरु संग समन्वय समेत भईसको क्याम्पस प्रमुख अग्रवालले वतए ।

  • १५ चैत्र २०७५, शुक्रबार १०:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित