मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जमा हतियार बनाउने कारखाना फेला
  • मार्गरेखा संवाददाता

  • नेपालगन्जकाे डिएसपी रोडमा प्रहरीले हतियार बनाउने कारखानामा छापा मारेर हतियार र हतियार बनाउन प्रयोग गरिने सामाग्री बरामद गरेको छ । प्रदेश नं. ५ प्रहरी अनुसन्धान समूह र वडा प्रहरी कार्यालय, नेपालगन्जको संयुक्त टोलीले जंगबहादुर नेपालीले संचालन गरेको हतियार बनाउने कारखानामा छापा मारेको हो । प्रदेश नं. ५ प्रहरी अनुसन्धान समूहका प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वको टोलीले हतियारमा प्रयोग हुने लामो नाल १० थान, काठको कुन्दा ७ थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, एयर गण पेष्तोल १ थान, लामो स्प्रींग ३ थान, बासक, आरनलगायतका सामाग्री बरामद गरेको जनाएकोे छ । वडा प्रहरी कार्यालय, नेपालगन्जका प्रहरी निरीक्षक नारायण डाँगीले बरामद गरेका हतियार र जंगबीरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी पठाइएको बताए । उनले हतियार मर्मतको अनुमति लिएका नेपालीले नयाँ हतियारसमेत बनाएको बताए ।

  • १५ चैत्र २०७५, शुक्रबार १२:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित