मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नरैनापुरमा ४ घर गोठ जले गाउँपालिकाकै दमकल भएपछि आगलागीबाट ठूलो क्षति हुन पाएन
  • मार्गरेखा संवाददाता

  • नरैनापुर(बाँके), चैत्र १५ ।
    बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १ कट्कुइँयामा आगलागी हुँदा ४ वटा घरगोठ जलेका छन् । विहीबार साँझ ५ बजेतिर लागेको आगो गाउँपालिकाको दमकलले आधा घण्टामै नियन्त्रणमा लिएपछि ठूलो क्षति हुन नपाएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरिक्षक विरेन्द्रबिर विश्वकर्माले जानकारी दिनुभयो । गाउँपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट ठाकुर अहिर, खुलेराम अहिर, रामाशंकर अहिर र जित अहिरको फुसले छाएको घरगोठ जलेको विश्वकर्माले बताउनुभयो । खाना पकाउन बालिएको आगोबाट आगलागी भएको हुन सक्ने विश्वकर्माले बताउनुभयो । आगलागीबाट केही लत्ताकपडा र अन्नपात जलेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकामै दमकल भएकाले पहिले जस्तो ठूलो क्षति हुनबाट जोगिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । क्षतिको अवस्था हेरेर पीडितहरुलाई गाउँपालिकाका तर्फबाट राहत वितरण गरिने शाहले जानकारी
    दिनुभयो । फुसले छाएको र नजिक नजिक घर भएका कारण गर्मीयाममा बर्षेनी आगलागीबाट नरैनापुरमा ठूलो क्षति भइरहेको कुरालाई दृष्टिगत गरी गत बर्ष गाउँपालिकाले दमकल खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो । गाउँपालिकालाई फुसरहित बनाउने अभियान पनि चलिरहेको बस्नेतले जानकारी दिनुभयो ।

  • १५ चैत्र २०७५, शुक्रबार १५:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित