मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर प्रहरीले १५ ग्राम ९ सय ६० मिलिग्राम ब्राउनसुगरसहित  एक जनालाई पक्राउ
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज-कोहलपुर प्रहरीले १५ ग्राम ९ सय ६० मिलिग्राम ब्राउनसुगरसहित  एक जनालाई पक्राउ गरेको छ।

    नेपालगञ्ज–२०, राँझामा पैदल हिडिरहेका जगबी राईलाई विशेष सूचनाको आधारमा खानतलासी गर्दा ब्राउनसुगर बरामद भएको हो । आइतबार विहान उनलाई पक्राउ गरिएको हो।

    ठूलो मात्रामा ब्राउनसुगर बोकेर हिडेका राई कारोबारी भएको आशंका गरिएको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रवक्ता मानबहादर विसीले बिक्री गर्नका लागि ब्राउनसुगर लिएर हिड्दा पक्राउ गरेको बताए ।

    ब्राउनसुगर सीमावर्ती भारतमा सहजै पाइन्छ। कारोबारीले त्यहाँबाट किनेर ल्याई यता महंगोमा बिक्री गर्ने गर्दछन् । छोटी नाका हुँदै राँझासम्म पुगेका राई बिक्री वितरण गर्न आएको प्रहरीले दावी गरेको छ।

  • १७ चैत्र २०७५, आईतवार २०:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित