मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके प्रहरीले दुर्लभ रेडपाण्डकाे छाला सहित नेपालगंजमा एक जना लाई पक्राउ
  • मार्गरेखा संवाददाता

  • जिल्ला प्रहरी बाँकेकाे टाेलीले नेपालगन्जमा
    दुर्लभ रेडपाण्डकाे छाला सहित नेपालगंजमा एक जना लाई पक्राउ गरेकाे छ। नेपालगन्ज-महानगरपालिका वडा नं. ११ सदरलाईन स्थित भगवती ज्वाला होटलमा अवैध वन्यजन्तु (रेडपाण्डाको छालाको ) कारोबार भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत व.प्र.का.नेपालगंज बाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा चेकजाँच गर्ने क्रममा हाेेेटल बाट
    जिल्ला जुम्ला तातोपानी गा.पा.वडा नं. १ वस्ने धिरज महतले बोकेको झोला भित्र रहेको पुच्छर सहितको दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला थान १ फेला पारी बरामद गरेकाे जिल्ला प्रहरी बाँकेले जनाएकाे छ । बरामद रेडपाण्डाको छाला सहित निज धिरज महत लाई आवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय बाँकेमा बुझाईएको जिल्ला प्रहरी बाँकेले जनाएकाे छ ।

  • १९ चैत्र २०७५, मंगलवार ०६:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित