मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

माछापुच्छे बैकको शाखा रहित बैकिङ्ग सेवा बर्दियामा शुरु
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,चैत्र १९ । बर्दियाको बढैयाताल गाँउपालिका —२ स्थित सितापुरमा माछापुच्छे  बैकको शाखा रहित बैकिङ्ग सेवा सुरु गरिएको छ । सहकारीमा आवद्ध महिलादिदी बहिनीहरुलाई आर्थिक कारोवार गर्न सहजहोस भनि हेफर,सक्षम नेपाल तथा माछापुच्छे को त्रिपक्षिय सम्झौतामा बैकिङ्गसेवा शुरुगरिएको हो। हेफर ईन्टरनेशनलको सहयोगमा गठित महिला दिदीबहिनीहरु द्धा्रा संचालित वास्तविक सामाजिक उद्यमी महिला सहकारी संस्थाको मताहातका रहि बैकले सेवा प्रदान गर्नै हेफर बर्दियाले जानकारी गराएको छ । जनताको आगनमा वृत्तसेवा पुर्याने सरकारी नितिलाई यसबैकिङ्ग सेवाले टेवा पुर्याने हेफर ईन्टरनेशनल बाँकेका कार्यक्रम अधिकृत प्रदिप शर्माले वताए । यस बैकिङ्ग सेवाबाट पूर्णरुपमा लाभ लिन समेत शर्माले अनुरोध गरेका छन् । डिभाईसका माध्यमबाट बैकले यहिबाटै ९० प्रतिशत बैकिङ्गसेवा प्रदान गर्नै माछापुच्छ«े बैक काठमाण्डौ शाखाका सुमित सुवेदीले वताए । बिशेष गरेर बाख्रा,दुध,तरकारी र कुखुरा पालनका लागि यसबैकबाट सहकारीको शिफारिसमा विनाधितो ३ लाख सम्म ऋण उपलव्ध गराईने बैकले जानकारी गराएको छ ।बर्दियाका ग्रामिण भेगमा माछापुच्छ«ेको ८ वटा शाखारहित बैक संचालनमा ल्याईने थारुमहिला उत्थान केन्द्र बर्दियाका कार्यक्र संयोजक शोभाकान्त पौडेलले वताए ।बढैया ताल गाँउपालिकाको कालिका,सितापु र गुलरिया नगरपालिकाको तुलसिपुरमा गरि हाल ३वटा शाखारहित बैकिङ्ग सेवा शुरु गरिएको पौडेलले वताए ।

  • १९ चैत्र २०७५, मंगलवार १३:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित