मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सातै प्रदेशका मुख्यमन्त्रीलाई किन बोलाए बालुवाटारमा प्रधानमन्त्रीले
  • मार्गरेखा संवाददाता

  • k|wfgdGqL lgjf; afn'jf6f/df ;ft k|b]zsf d'VodGqLx? ;Fu 5nkmn u}{ k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ M rGb|snf If]qL,/f;;,sf7df8f}F

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी छ ।

    छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी छन् ।

    केन्द्र र प्रदेश सरकारबीच मतान्तर अझै अन्त्य नभएकाले यो छलफललाई महत्वका साथ हेरिएको छ । बैठकमा केन्द्र र प्रदेश सरकारका कामकारबाही तथा समन्वयका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलको क्रममा प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुलाई आवश्यक निर्देशन दिने बुझिएको छ ।

    एसईई प्रश्नपत्र आउट प्रकरणमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति पनि छलफलको विषय हुन सक्ने अनुमान गरिएको छ । मुख्मन्त्री राउतले प्रदेश दुई सरकारको बदनाम गराउन एसईई प्रश्नपत्र आउट गरिएको अभिव्यक्ति दिएका थिए ।

    एक महिना अगाडि पनि प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए ।

  • २१ चैत्र २०७५, बिहीबार १०:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित