मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

किन पूर्वराजा ज्ञानेन्द्रद्वारा राजनीतिक छलफललाई तिव्रता सुरु गरे
  • मार्गरेखा संवाददाता

  • पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वका राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विभिन्न नेतासंग पुनः भेट सुरु गरेका छन्। यसअघि इलाम, पाँचथर लगायतका जिल्ला दौडाहामा रहेका उनले बुधबार इलाममा पूर्वपञ्च, स्थानीय राजावादी, राप्रपाका नेतासंग भेट गरेका हुन्।

    उनी इलामस्थित होटल समिटमा बस्दै आएका छन्। त्यहाँको कहलिएको उक्त होटल पोखराबाट ढुंगा लगेर बनाइएको हो।

    भेटका क्रममा अधिकांस नेताले हिन्दुराज्य र राजतन्त्रको विषयमा आफ्नो धारणा राखेका थिए। ‘भेटका क्रममा सबैले पूर्वराजाका हैसियतले राजतन्त्रको विषयमा बोल्नुपर्ने धारणा राखेका थिए–स्रोतले नेपाल समाचारपत्रसंग भन्यो।
    उनले करिब चालिसजना भन्दा बढीलाई भेटेको बताइन्छ। सबैको कुरा सुनेपछि आफ्नो छोटो धारणा राखेकाे उक्त गोप्य र सामुहिक भेटमा निजी सचिव सागर तिमल्सिना समेत सहभागी थिए।

    गत माघ २३ गते झापा पुगेका ज्ञानेन्द्र आमा रत्न विरामी भएपछि चार दिनको लागि काठमाडौं आएका थिए। आमाको स्वाथ्यमा केही सुधार भएपछि पुनः झापा पुगेका उनले केही दिनपछि पूर्वको इलाम, पाँचथर, फिदिम लगायतका जिल्ला भ्रमण गरेका थियो।

    उनले आज बिहीबार इलाम बजारको माइमन्दीर दर्शन गरेपछि धुलावारीमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। भोलि शुक्रबार दमक पुगेपछि त्यहाँ राजावादी र राप्रपाका विभिन्न तहका नेतासंग भेट्ने कार्यक्रम रहेको छ।

    करिब तीन साता लामो पूर्वाञ्चल बसाइका क्रममा धार्मिक भ्रमणका क्रममा केहीलाई भेटे पनि औपचारिक रुपमा राजनीतिक भेट नगरेका पूर्वराजा ज्ञानेन्द्रले काठमाडौं फर्कनै लाग्दा यो भेटको कार्यक्रम तय गरेका हो।
    उनी दुई महिनादेखि नै पूर्व र तराई मिसनमा छन्। यसअघि माघ १३ गते सिमरा पुगेका ज्ञानेन्द्र माघ २३ गते झापा पुगेका थिए। झापाबाटै उनी उदयपुर, धनुषा, सिराहा, सप्तरी लगायतका जिल्ला भ्रमणमा निस्किएका थिए। नेपाल समाचार पत्रमा खबर छ।

  • २१ चैत्र २०७५, बिहीबार १०:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित